अनुष्का विराटले विवाहको दोस्रो वर्षगाँठमा लेखे मनको कुराः भने, ‘प्रेम भावना मात्रै होइन’
बुधबार, २५ मङ्सिर २०७६, १२ : ५०
अनुष्का शर्मा र विराट कोहलीको विवाह भएको दुई वर्ष पुगेको छ । यी दुईले इटलीमा ११ डिसेम्बर २०१७ मा विवाह गरेका थिए । दोस्रो वर्षगाँठमा यी दुईले आफ्नो विवाहको तस्बिर सेयर गरेर मनको कुरा लेखेका छन् । यी दुईले आफ्नो पोष्टमार्फत् आफ्नो प्रेमलाई भिन्न शैलीमा परिभाषित गरेका छन् ।
अनुष्काले विवाहको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘कोही अन्य व्यक्तिसँग प्रेम गर्नु भनेको भगवानको अनुहार देख्नु सरह हो – विक्टर ह्यूगो । प्रेम भावना मात्रै होइन, यो त्योभन्दा पनि ठूलो हो । यो एक मार्गदर्शक, एक प्रेरक र पूर्ण सत्यको मार्ग हो । ’
यस्तै विराटले पनि अनुष्का र आफ्नो फोटो सेयर गर्दै लेखेका छन्, ‘वास्तवमा यहाँ प्रेम मात्रै छ अरु केही छैन । र जब ईश्वरले तपाईंलाई ती व्यक्ति आशिर्वादको रुपमा दिन्छन् तब तपाईंसँग एउटै मात्र भावना हुन्छ, आभार ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण