अनुष्का विराटले विवाहको दोस्रो वर्षगाँठमा लेखे मनको कुराः भने, ‘प्रेम भावना मात्रै होइन’
बुधबार, २५ मङ्सिर २०७६, १२ : ५०
अनुष्का शर्मा र विराट कोहलीको विवाह भएको दुई वर्ष पुगेको छ । यी दुईले इटलीमा ११ डिसेम्बर २०१७ मा विवाह गरेका थिए । दोस्रो वर्षगाँठमा यी दुईले आफ्नो विवाहको तस्बिर सेयर गरेर मनको कुरा लेखेका छन् । यी दुईले आफ्नो पोष्टमार्फत् आफ्नो प्रेमलाई भिन्न शैलीमा परिभाषित गरेका छन् ।
अनुष्काले विवाहको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘कोही अन्य व्यक्तिसँग प्रेम गर्नु भनेको भगवानको अनुहार देख्नु सरह हो – विक्टर ह्यूगो । प्रेम भावना मात्रै होइन, यो त्योभन्दा पनि ठूलो हो । यो एक मार्गदर्शक, एक प्रेरक र पूर्ण सत्यको मार्ग हो । ’
यस्तै विराटले पनि अनुष्का र आफ्नो फोटो सेयर गर्दै लेखेका छन्, ‘वास्तवमा यहाँ प्रेम मात्रै छ अरु केही छैन । र जब ईश्वरले तपाईंलाई ती व्यक्ति आशिर्वादको रुपमा दिन्छन् तब तपाईंसँग एउटै मात्र भावना हुन्छ, आभार ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर