शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पानीपतबाट हट्नेछ विवादित दृश्य, तरपनि मन्त्रीद्वारा फिल्म प्रतिबन्धको माग

बिहीबार, २६ मङ्सिर २०७६, ११ : ०८
बिहीबार, २६ मङ्सिर २०७६

बलिउड फिल्म पानीपतमा भरतपुरका राजा सूरजमलको भूमिकाको विषयमा विवाद निम्तिएको छ । जाट समुदायले फिल्ममा राजा सूजरमलको भूमिकालाई गलत तरिकाले चित्रण गरिएको आरोप लगाइएको छ । तर यस्तो लाग्छ कि अब पानीपतको विवाद समाप्त हुने स्थितीमा छ ।

पानीपतका निर्माता फिल्मबाट विवादित दृश्यलाई हटाउनका लागि राजी भएका छन् । राज्यका अतिरिक्त मुख्य सचिव राजिव स्वरुपले बुधबार पीटिआइसँगको कुराकानीमा भने, ‘फिल्मका वितरकले फिल्म निर्माताले पानीपतका केही दृश्य काँटछाँट गर्ने जानकारी दिएका छन् । निर्माताले काँटछाँट गरिएको फिल्म नै सेन्सर बोर्डलाई देखाउनेछ ।’

मन्त्रीद्वारा पानीपत प्रतिबन्ध गरिनुपर्ने मागः

अर्कोतर्फ राज्यका पर्यटनमन्त्री विश्वेन्द्र सिंहलाई निर्माताले फिल्म काँटछाँट गर्ने भन्दा पनि चित्त बुझेको छैन । उनले ट्वीटरमा लेखे, ‘पानीपतमा ऐतिहासिक तथ्य तोडमोड गर्दै भरतपुरका राजा सूरजमलजी जस्ता महान पुरुषको चित्रण गलत तरिकाले गरिएको छ । फिल्मको एउटा दृश्य परिवर्तन गरेर मात्रै हुँदैन । सेन्सर बोर्डसँग म यो निवेदन गर्छु कि यो फिल्म देशैभरी प्रतिबन्ध होस् ।’

विरोधपछि राजस्थानमा पानीपतको कमाईमा प्रभाव परेको छ । राज्यका विभिन्न सिनेमाघरमा विरोधका कारण पानीपतको स्क्रिनिङ हुन सकिरहेको छैन । सोमबार प्रदर्शनकारीले एक सिनेमाहलमा तोडफोड पनि गरेका थिए । राजस्थानका पर्यटनमन्त्री विश्वेन्द्र सिंह, शिक्षामन्त्री गोबिन्द सिंह दोतासरा, पूर्व सिएम वसुन्धरा राजेले भरतपुरका राजा सूरजमलको भूमिकालाई गलत तरिकाले देखाएको आरोप लगाएका छन् ।

यसअघि पद्मावत फिल्मले पनि राजस्थान र देशका उत्तरी राज्यमा विरोधको सामना गर्नुपरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप