होटलको रुममा प्रेमीसँग थिइन् प्रेमिका, पूर्व प्रेमीको नाम लिँदा बबाल
रेडिटमा एक युवतीले आफूमाथि घटित घटना सार्वजनिक गर्दै मानिसहरुसँग सल्लाह मागेकी छिन् । २५ वर्षकी जेन (परिवर्तित नाम) को एक मूर्खतापूर्ण गल्तीका कारण प्रेमीसँग उनको सम्बन्ध खतरामा आएको बताएकी छिन् ।
जेनका अनुसार उनी पछिल्लो ६ महिनादेखि आफ्ना प्रेमी माइकलसँग सम्बन्धमा थिइन् । यी दुई सँगै डुल्ने घुम्ने र मस्ती गर्ने गर्दथे । केही दिन अघि जेन र माइक एक कपल गेटवेमा विकेन्ड मनाउन गएका थिए ।
यो जोडीले होटलमा एउटा कोठा बुक गरेका थिए । दिनभरी घुमेपछि राती जेन र माइक आफ्नो कोठामा फर्किए । जेनका अनुसार राती शारीरिक सम्बन्ध स्थापित गर्ने क्रममा उनले गल्तीपूर्वक आफ्नो पूर्व प्रेमीको नाम लिइन् ।
जेनले लेखिन्, ‘मलाई थाहा छ, मबाट निकै ठूलो गल्ती भएको छ किनभने यी दुइको नाम निकै भिन्न छ । मलाई थाहा छैन त्यतिबेला मैले के सोचिरहेकी थिएँ ।’
जेनले लेखिन्, ‘यो निकै नराम्रो भयो किनभने मैले र माइकले एडमबारे एक–दुई हप्ताअघि मात्रै कुरा गरेका थियौं ।’
जेनले थपिन्, ‘एडमको तुलनामा माइक हेर्दा निकै सुन्दर छन्े र बेडमा पनि ऊ एडमभन्दा निकै राम्रा छन् त्यसकारण मेरो मनमा माइकको विषयमा असुरक्षाको कुनै भावना थिएन ।’
आफ्नो साटो एडमको नाम सुनेर माइक तुरुन्त कोठाबाट बाहिर निस्किएको र उनले आफ्नो लागि थोरै स्पेसको माग गरेको जेनले बताइन् ।
जेनले भनिन्, ‘माइकले तुरुन्तै आफ्नो सामान प्याक गर्न थाल्यो । उक्त महँगो होटलमा दुई रातका लागि हामीले टिकट बुक गरेका थियौं, त्यसको उनलाई कुनै मतलब थिएन ।’
‘म असाध्यै चिन्तित भएकी थिएँ । मैले उनलाई अँगालो हालेर फिर्ता बोलाउने कोसिस गरेँ तर उनले मलाई ओछ्यानमा धकेलेर एक्लै छोडिदिन भने ।’
जेनका अनुसार उनले माइकलाई लगातार मेसेज गरेर माफी मागिरहेकी छिन् तर त्यसको कुनै जवाफ पाइरहेकी छैनन् । जेनले आफू माइकबाट टाढा हुन नसक्ने र उनलाई गुमाउन नचाहने पनि बताएकी छिन् ।
सोसल मिडियामा जेनको कहानी १५ हजार बढीले लाइक्स पाइसकेको छ र करिब चार हजारले यसमा कमेन्ट गरेका छन् ।
एक प्रयोगकर्ताले लेखे, ‘तपाईंले जे गर्नुभयो त्यसले जोसुकैको पनि आत्मसम्मानमा ठेस पुर्याउन सक्छ ।’
यस्तै अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईंका प्रेमीले तपाईं आफ्नो पूर्वप्रेमीसँग मिलेर उनलाई धोका दिइरहेको भनेर सोचेको पनि हुनसक्छ ।’
यस्तै, अर्कोले लेखेका छन्, ‘तपाईंको प्रेमीको मनमा अहिलेसम्म तपाईंले आफ्नो पूर्वप्रेमीलाई बिर्सन नसकेको भन्ने छाप पनि परेको हुनसक्छ ।’
धेरैले जेनलाई आफ्ना प्रेमीलाई स्पेस दिनुपर्ने र योबाहेक उनले केही पनि गर्न नसक्ने सल्लाह दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण