चिकित्सक संघको नयाँ नेतृत्वका लागि कम्युनिस्ट र काँग्रेसको भिडन्त, खडा भए २ प्यानल
काठमाडौं । नेपाल चिकित्सक संघको नयाँ नेतृत्वको लागि २ प्यानल खडा भएको छ । शनिबार कार्यसमिति उम्मेदवारी मनोनयन पत्र दर्ता गराउने अन्तिम दिन प्रजातान्त्रिक समूह र प्रगतिशील समूह बनेर नाम दर्ता भएको छ ।
शनिबार प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदमा डा.लोचन कार्कीले उम्मेदवारी दिएका छन् भने प्रगतिशील समुहबाट पुष्पमणि खरालले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिले मनोनयन पत्र दर्ता गर्न शनिबार १ बजेसम्मको समय दिइएको थियो ।
अध्यक्ष सँगै महासचिवमा चार जनाको उम्मेदवारी परेको छ । महासचिवमा डा. बद्री रिजाल, डा.अजयकुमार मिश्र, डा. दिपेन्द्र पाण्डे र डा. मधुर बस्नेतले मनोनयन पत्र दर्ता गराएका हुन् ।
केन्द्रीय कार्यकारिणी समितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव कोषाध्यक्ष तथा सदस्यमा ३१ जनाले मनोनयन पत्र दर्ता गरएको नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा. विश्व राज दवाडीले जानकारी दिए ।
नेपाल चिकित्सक संघको निर्वाचन चरणबद्ध रुपमा माघ ४ र ५ गते जिल्लाहरुमा १७ देखि २१ गतेसम्म केन्द्र हुने कार्यतालिका रहेको निर्वाचन अधिकृत डा. युविन यादवले जानकारी दिए । निर्वाचन समितिले मंसिर ३० गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण