सलाहको दुई गोलमा लिभरपुल विजयी
लिभरपुलले इङ्लिस प्रिमियर लिगमा अपराजित यात्रा कायम राखेको छ । शीर्ष स्थानमा रहेको लिभरपुलले शनिबार राति भएको खेलमा वाटफोर्डलाई २–० गोलले हरायो ।
घरेलु मैदानमा लिभरपुलाई जिताउन दुवै गोल मोहमद सलाहले गरे । सलाहले ३८औं मिनेटमा साडियो मानेको पासमा पहिलो गोल गरेका थिए । त्यसपछि ९०औं मिनेटमा डिभोक ओरिगीको पासमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई सजिलै जिताए ।
यससँगै लिगमा लिभरपुल १७ खेलसम्म अपराजित रहन सफल भएको छ । लिभरपुलले १६ जित र एक बराबरीको नतिजा निकालेको छ । लिभरपुलले ४९ अंक बनाएको छ । लिभरपुलसँग हारेको वाटफोर्ड नौ अंक सहित तालिकाको अन्तिममा छ । लिभरपुलले दोस्रो स्थानमा रहेको लेस्टर सिटीलाई १० अंकले पछि पारेको छ ।
शनिबार रातिनै भएको खेलमा लेस्टर सिटीले नर्विच सिटीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । लेस्टरले नर्विचको आत्मघाती गोल सहयोगमा बराबरी गरेको थियो । खेलका सुरुवाती अग्रता लिएको नर्विचका लागि टेमु पुक्कीले २६औं मिनेटमा गोल गरे । त्यसपछि लेस्टरले नर्विचका टिम करुलबाट ३८औं मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो । बराबरीसँगै १२ अंक बनाएको नर्विच सिटी १९औं स्थानमा छ । अन्य खेलमा बर्नलीले न्युक्यासल युनाइटेडलाई १–०, सेफिल्ड युनाइटेडले एस्टर्न भिल्लालाई २–० र वेस्टहाम युनाइटेडले साउथ ह्यामप्टनलाई १–० गोलले हराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण