बमको त्रासले धनुषामा तनाव : प्रहरी भन्छ–बम कतै छैन, हल्ला मात्रै हो
काठमाडौँ । जताततै बम राखिएको भन्दै धनुषामा तनाब बढेको छ । प्रदेश नम्बर २ को राजधानीसमेत रहेको जनकपुर लगायतका क्षेत्रमा अज्ञात समूहले बम राखेको भन्दै आइतबार रातीदेखि तनाब बढेको हो ।
सर्वसाधरणले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गर्ने गरेको धनुषा प्रहरीले बताएको छ ।
खबर पाउनेबित्तिकै प्रहरीले शंकास्पद स्थानलाई सुरक्षित बनाई नेपाली सेनालाई बोलाएर डिस्पोज गर्ने गरेको छ ।
धनुषा प्रहरी भन्छ : बम होइन, हल्ला मात्रै हो
तर जिल्ला प्रहरी कार्यालय धनुषाले भने विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएपनि ती वस्तुहरु बम नभएको बताएको छ । धनुषाका निमित्त प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीका अनुसार बम रहेको भनिएको स्थानमा नेपाली सेना पुगी डिस्पोज गर्दा एक स्थानमा पुरानो राइसकुकर फालेको पाइएको छ । त्यसैगरी अर्को स्थानमा थोत्रो कपडा प्लाष्टिकमा प्याक गरेर फालेको भेटिएको छ । यद्यपि नेपाली सेना घटनास्थल पुगेर सुरक्षा अपनाई डिस्पोज गरिएको उनले बताए ।
धनुषाका डिएसपी कार्की भन्छन्, ‘केही दिनअघि धनुषाको महेन्द्रनगरमा बम बिस्फोट भई इन्स्पेक्टर अमिर कुमार दाहालसहित ३ जनाको मृत्यु भएपछि अहिले धनुषामा बमको त्रास रहेको सत्य हो । अहिले शंकास्पद वस्तु देख्नेबित्तिकै उनीहरुले प्रहरीलाई खबर गर्ने गरेका छन् । हामीले पनि नेपाली सेनासँग समन्वय गरी घटनास्थल पुग्ने गरेका छौँ ।’
गत शुक्रबार धनुषाको महेन्द्रनगरमा बम बिस्फोट भएपछि अहिले धनुषाभरि बमको त्रास फैलिएको छ । त्यसकारण सर्वसाधरणले शंकास्पद वस्तु देख्नेबित्तिकै प्रहरीलाई खबर गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण