एनआईसी एशिया बैंकको एकै साथ ६ नयाँ शाखा संचालनमा
काठमाडौं– ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले एकै साथ काठमाडौंमा ६ नयाँ शाखा कार्यालयहरुको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं. १६ बोहोराटारस्थित बोहोराटार शाखाको स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिका प्रसाद घिमिरेबाट, काठमाडौं महानगरपालिका वडा नं. १४, कलंकीस्थित खसीबजार शाखाको सोही वडाका वडा अध्यक्ष शोभा सापकोटाबाट, काठमाडौं महानगरपालिका वडा नं. १६, माछापोखरीस्थित माछापोखरी शाखाको सोही वडाका वडा अध्यक्ष मुकुन्द रिजालबाट, काठमाडौं महानगरपालिका वडा नं. ३२, नरेफाँटस्थित नरेफाँट शाखाको सोही वडाका वडा अध्यक्ष नवराज पराजुलीबाट, काठमाडौं महानगरपालिका वडा नं. २८, पुतलीसडकस्थित पुतलीसडक शाखाको सोही वडाका वडा अध्यक्ष भाइ राम खड्गीबाट र काठमाडौं महानगरपालिका वडा नं. ३ स्वयम्भूस्थित स्वयम्भू शाखाको सोही वडाका वडा अध्यक्ष प्रेमलाल श्रेष्ठबाट एक समारोहकाबीच उद्घाटन भयो ।
उक्त विभिन्न शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण