शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कृषिको उत्पादन बढाउन चक्लाबन्दी अवश्यक छ: वामदेव गौतम

मङ्गलबार, ०१ पुस २०७६, १३ : ३२
मङ्गलबार, ०१ पुस २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने बताएका छन् । अखिल नेपाल किसान महासंघले आयोजना गरेको कृषि विकास, खाद्य सम्प्रभुता र जलवायु न्याय सम्बन्धि बहुपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले कृषिको उत्पादन बढाउन चक्लाबन्दी अवश्यक रहेको बताएका हुन् । उ

नले भूमिको चक्लाबन्दी सरकारले किसानलाई चलनचल्तीको मूल्य तिरेर गर्नुपर्ने समेत बताए । उनले चक्लाबन्दी नगरे कृषिमा अन्य मुलुकहरुसँग प्रतिस्पर्धा गर्न नसकिने समेत बताए । त्यस्तै नेता गौतमले कृषिमा यान्त्रिकरण, व्यवसायीकरण तथा डिजिटल उत्पादन नगरे कृषि उत्पादन बढ्न नसक्ने र त्यसका लागि कृषि भूमिको चक्लाबन्दी आवश्यक रहेको बताए ।

उनले खाद्य सम्प्रभुतालाई संविधानमा उल्लेख गरिएको भएपनि त्यसको कार्यान्वयनमा कानून निर्माण गरी अगाडी बढ्नुपर्ने बताए । त्यस्तै जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरलाई न्यूनिकरण गर्न वन क्षेत्रको संरक्षण आवश्यक रहेको बताए । जलवायु परिवर्तनको समस्या समाधानका लागि औद्योगिक क्षेत्रमा उर्जाको प्रयोग गर्नुपर्ने र सरकारले त्यसका लागि आवस्यक व्यवस्था गरिरहेको बताए । त्यस्तै उनले जलवायु परिवर्तनका लागि असर पार्ने खालका गतिविधि गर्ने मुल्कहरुसँग क्षतिपूर्ति माग्नुपर्ने र क्षतिपूर्ति लिंदै गर्दा औद्योगिकरणमा जाँदैनौं भन्न नहुने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप