नेकपा बैठक लम्बियो, मंगलबार १३ जना नेताले बोले
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सदस्यहरुले बोल्ने क्रम मंगलबार तेस्रो दिनपनि जारी रह्यो ।
मंगलबार १३ जनाले छलफलमा भाग लिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए । उनका अनुसार मंगलबार राजनीतिक र विधान संशोधनबारेका प्रस्तावबारे आमन्त्रित सदस्यद्वय नन्दकुमार प्रसाई र विष्णुपुकार श्रेष्ठसहित सुरेन्द्र पाण्डे, अमृत बोहोरा, बेदुराम भुषाल, शंकर पोखरेल, रघुवीर महासेठ, केशव बडाल, लेखराज भट्ट, घनश्याम भुषाल शक्ति बस्नेत मणि थापा र जनार्दन शर्माले छलफलमा भाग लिएका हुन् ।
मंगलबारको बैठकमा सहभागी सवै स्थायी समिति सदस्यहरुले अध्यक्ष र महासचिवले प्रस्तुत गरेका दुवै प्रतिवेदन सकारात्मक भन्दै केही सुझावहरु समेत पेश गरेका छन् ।
प्रवक्ता श्रेष्ठले केही विषयहरुमा बैठकपछि पनि छलफल गर्नुपर्ने धारणा राखेको सञ्चारकर्मीलाई जानकारी दिए । आइतबार र सोमबार २ दिनका लागि बोलाइएको बैठकमा सदस्यहरुले बोल्ने क्रम नसकिएपछि लम्बिएको छ ।
आइतबारबाट सुरु भएको बैठकमा प्रतिवेनमाथि सोमबारबाट मात्रै छलफल सुरु भएको हो । प्रतिवेदनमाथि सोमबार १२ जना सदस्यले टिप्पणी गरेका थिए भने मंगलबार १३ गरी २५ जनाले आफ्नो धारणा राखेका छन् । ४५ सदस्यीय नेकपाको स्थायी समितिमा अझै २० जनाले बोल्न बाँकी छ ।
अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकमा बोल्ने धेरैजसो सदस्यहरुले पार्टी र सरकार सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण