साग बक्सिङमा स्वर्ण विजेता पुरस्कृत
काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता खेलाडी मंगलबार पुरस्कृत भएका छन् । सागमा सनिल शाही (पुरुष ६० केजी), भुपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी) ले स्वर्ण जितेका थिए ।
स्वर्ण विजेतालाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष विष्णुगोपाल श्रेष्ठले व्यक्तिगत नगद पुरस्कार प्रदान गरे । खेलाडीलाई अवाले जनही एक लाख ५० हजार तथा श्रेष्ठले जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरे । सोही अवसरमा चीनको जिङयाङमा हुने एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ गरियो ।
डिसेम्बर २० र २१ तारिखमा हुने प्रतियोगिताको पुरुष ६४ केजीमा भुपेन्द्र थापा तथा महिला ५४ केजीमा मिनु गुरुङले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा रमेश श्रेष्ठ र सुवर्ण सापकोटा तथा व्यवस्थापकमा शोभाजंग केसी रहेका छन् । टोली बुधबार चीन जाँदैछ । खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण