शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

साग बक्सिङमा स्वर्ण विजेता पुरस्कृत

मङ्गलबार, ०१ पुस २०७६, २२ : ४९
मङ्गलबार, ०१ पुस २०७६

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता खेलाडी मंगलबार पुरस्कृत भएका छन् । सागमा सनिल शाही (पुरुष ६० केजी), भुपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी) ले स्वर्ण जितेका थिए ।

स्वर्ण विजेतालाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष विष्णुगोपाल श्रेष्ठले व्यक्तिगत नगद पुरस्कार प्रदान गरे । खेलाडीलाई अवाले जनही एक लाख ५० हजार तथा श्रेष्ठले जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरे । सोही अवसरमा चीनको जिङयाङमा हुने एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ गरियो ।

डिसेम्बर २० र २१ तारिखमा हुने प्रतियोगिताको पुरुष ६४ केजीमा भुपेन्द्र थापा तथा महिला ५४ केजीमा मिनु गुरुङले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा रमेश श्रेष्ठ र सुवर्ण सापकोटा तथा व्यवस्थापकमा शोभाजंग केसी रहेका छन् । टोली बुधबार चीन जाँदैछ । खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप