राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा नेपाल प्रहरी अस्पताल रक्त संचार केन्द्र संचालन
काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी अस्पताल काठामाडौंमा निर्मित रक्त संचार केन्द्रको बुधबार नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको ४० लाख सहयोगमा रक्त संचार केन्द्र निर्माण भएबापतको चेक रकम बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई सो समारोह हस्तान्तरण गरे । सो समारोहमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले मानवता सम्बन्धि पुनित कार्यमा राष्ट्रिय वाणिज्य बैंकले सहयोग गरेकोमा कृतज्ञता ब्यक्त गरे ।
बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल प्रहरीलाई आधुनिक बैंकिङ्ग सेवा दिन बैंक सधै तत्पर रहेको र आवश्यक भएमा बैंकले नयां क्षेत्रमा सहयोग गर्ने बताए ।
बि.स. २०४० सालबाट सुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरुलाई निशुल्क सेवा, पूर्व प्रहरी तथा तिनका आश्रित परिवारहरुलाई अति न्यून शुल्कमा सेवा उपलब्ध गराउँदै आएको छ भने शुलभ मूल्यमा सर्वसाधारण नागरिकहरुलाई समेत २०७४ सालबाट सेवा दिईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण