बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मंगलबार अष्ट्रेलियामा इतिहासकै तातो दिनः संकटकालको घोषणा

बिहीबार, ०३ पुस २०७६, ०८ : ४३
बिहीबार, ०३ पुस २०७६

अष्ट्रेलियाको न्यू साउथ वेल्समा संकटकालको घोषणा गरिएको छ । डढेलोका कारण त्यहाँको तापक्रम थप बढ्ने सक्ने भन्दै संकटकालको घोषणा गरिएको हो ।

अष्ट्रेलियाको औसत उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सियस पुगेपछि मंगलबार इतिहासकै सबैभन्दा तातो दिन बनेको मौसमविद्हरुले बताएका छन् ।

मौसम विभागले मंगलबारको तापक्रम यसअघि सन् २०१३ को जनवरी ७ मा मापन गरिएको ४०.३ डिग्री सेल्सियसभन्दा बढी भएको बताएका छन् ।

तर मौसमविद्ले यो रेकर्ड पनि बिहिबार र अर्को हप्ताको अन्तिमसम्म तोडिने अनुमान गरेका छन् ।

न्यू साउथ वेल्स अहिले सयभन्दा बढी डढेलोसँग संघर्षरत छ जुन केही महिनादेखि संकटको रुपमा उभिएको छ ।

बिहिबार न्यू साउथ वेल्स राज्यका प्रमुख ग्ल्याडिस बेरेजिक्लियानले मौसमविदको चेतावनीपछि सात दिनका लागि संकटकालको घोषणा गरेकी छिन् ।

‘अबका केही दिन अनिश्चित छन् । यो अवधिमा अत्यधिक गर्मी र हावाको स्थितीमा पनि परिवर्तन आउन सक्छ,’ उनले भनिन् ।

सिड्नी राजधानी भएको न्यू साउथ वेल्स (एनएसडब्ल्यू) का केही भूभागमा बिहिबारको तापक्रम ४० को हाराहारीमा हुने अनुमान गरिएको छ ।

एनएसडब्ल्यूमा पछिल्लो एक महिनामा संकटकालको घोषणा गरिएको यो दोस्रो पटक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप