मंगलबार अष्ट्रेलियामा इतिहासकै तातो दिनः संकटकालको घोषणा
अष्ट्रेलियाको न्यू साउथ वेल्समा संकटकालको घोषणा गरिएको छ । डढेलोका कारण त्यहाँको तापक्रम थप बढ्ने सक्ने भन्दै संकटकालको घोषणा गरिएको हो ।
अष्ट्रेलियाको औसत उच्चतम तापक्रम ४०.९ डिग्री सेल्सियस पुगेपछि मंगलबार इतिहासकै सबैभन्दा तातो दिन बनेको मौसमविद्हरुले बताएका छन् ।
मौसम विभागले मंगलबारको तापक्रम यसअघि सन् २०१३ को जनवरी ७ मा मापन गरिएको ४०.३ डिग्री सेल्सियसभन्दा बढी भएको बताएका छन् ।
तर मौसमविद्ले यो रेकर्ड पनि बिहिबार र अर्को हप्ताको अन्तिमसम्म तोडिने अनुमान गरेका छन् ।
न्यू साउथ वेल्स अहिले सयभन्दा बढी डढेलोसँग संघर्षरत छ जुन केही महिनादेखि संकटको रुपमा उभिएको छ ।
बिहिबार न्यू साउथ वेल्स राज्यका प्रमुख ग्ल्याडिस बेरेजिक्लियानले मौसमविदको चेतावनीपछि सात दिनका लागि संकटकालको घोषणा गरेकी छिन् ।
‘अबका केही दिन अनिश्चित छन् । यो अवधिमा अत्यधिक गर्मी र हावाको स्थितीमा पनि परिवर्तन आउन सक्छ,’ उनले भनिन् ।
सिड्नी राजधानी भएको न्यू साउथ वेल्स (एनएसडब्ल्यू) का केही भूभागमा बिहिबारको तापक्रम ४० को हाराहारीमा हुने अनुमान गरिएको छ ।
एनएसडब्ल्यूमा पछिल्लो एक महिनामा संकटकालको घोषणा गरिएको यो दोस्रो पटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण