प्रियंका–निकले विवाह स्थलका लागि खर्च गरेका थिए तीन करोडः होटलले भन्यो, ‘तीन महिनाको आम्दानी चार दिनमा’
इन्डियन होटल्स कम्पनी लिमिटेडका मुख्य कार्यकारी अधिकारी एवं प्रबन्ध निर्देशक पुनित चटवालले प्रियंका चोपडा र निक जोनसको विवाहको विषयमा अचम्मित गरिदिने खुलासा गरेका छन् । पुनितले उमेद भवनमा भएको यो सेलिब्रिटी जोडीको विवाहमा आफूहरुले तीन महिनाको आम्दानी गरेको बताएका छन् । स्मरण रहोस्, विवाहको क्रममा पूरा प्यालेस चार दिनका लागि बुक गरिएको थियो । यी चार दिनमा कुनै पनि बाहिरी व्यक्तिको प्रवेशमा रोक लगाइएको थियो ।
उक्त कार्यक्रममा पुनितले कार्यक्रम स्थलका लागि मात्रै प्रियंका–निकले तीन करोड बढी खर्च गरेको बताए । उनले भने, ‘यसरी हेर्ने हो भने हामीले यति आम्दानी गर्यौं कि हामी तीन महिनासम्म आरामले काम गर्न सक्छौं ।’
स्मरण रहोस्, यो जोडीले गत वर्ष डिसेम्बर २ मा विवाह गरेका थिए । यी दुई सेलिब्रिटीको विवाहले अन्तर्राष्ट्रिय स्तरमा पनि निकै चर्चा बटुलेको थियो ।
संगीत कार्यक्रममाथि बनाउनेछन् वेब सिरिजः
प्रियंका चोपडा र निक जोनस संगीतत कार्यक्रमबाट प्रेरित भएर सिरिज बनाउने तयारीमा छन् । उनीहरुको यो प्रोजेक्टलाई अमेजन प्राइम भिडियोले हरियो झण्डा देखाएको छ । नायिकाले यो कुराको घोषणा इन्स्टाग्राममार्फत् गरेकी थिइन् ।
उनले एक अंग्रेजी वेबसाइटको स्क्रिन सट सेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो विवाहको संगीतमा दुई परिवारले संयुक्त प्रस्तुती दिएको थियो । एउटा यस्तो प्रस्तुती जसले हाम्रो प्रेम कहानी दर्साउँछ । हामीले जीवनभरी नबिर्सिने एक विशेष पल ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'गभर्नर नियुक्ति गिजोलिँदा मुलुक नै बदनाम बन्यो'
-
नेप्सेले माग्यो सूचीकृत कम्पनीहरूसँग अपडेट भएको विवरण
-
रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकियो
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सकियो
-
आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज र टि–२० सिरिजका लागि नेपाली टिमको बिदाइ (तस्बिरहरु)
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा