प्रियंका–निकले विवाह स्थलका लागि खर्च गरेका थिए तीन करोडः होटलले भन्यो, ‘तीन महिनाको आम्दानी चार दिनमा’
इन्डियन होटल्स कम्पनी लिमिटेडका मुख्य कार्यकारी अधिकारी एवं प्रबन्ध निर्देशक पुनित चटवालले प्रियंका चोपडा र निक जोनसको विवाहको विषयमा अचम्मित गरिदिने खुलासा गरेका छन् । पुनितले उमेद भवनमा भएको यो सेलिब्रिटी जोडीको विवाहमा आफूहरुले तीन महिनाको आम्दानी गरेको बताएका छन् । स्मरण रहोस्, विवाहको क्रममा पूरा प्यालेस चार दिनका लागि बुक गरिएको थियो । यी चार दिनमा कुनै पनि बाहिरी व्यक्तिको प्रवेशमा रोक लगाइएको थियो ।
उक्त कार्यक्रममा पुनितले कार्यक्रम स्थलका लागि मात्रै प्रियंका–निकले तीन करोड बढी खर्च गरेको बताए । उनले भने, ‘यसरी हेर्ने हो भने हामीले यति आम्दानी गर्यौं कि हामी तीन महिनासम्म आरामले काम गर्न सक्छौं ।’
स्मरण रहोस्, यो जोडीले गत वर्ष डिसेम्बर २ मा विवाह गरेका थिए । यी दुई सेलिब्रिटीको विवाहले अन्तर्राष्ट्रिय स्तरमा पनि निकै चर्चा बटुलेको थियो ।
संगीत कार्यक्रममाथि बनाउनेछन् वेब सिरिजः
प्रियंका चोपडा र निक जोनस संगीतत कार्यक्रमबाट प्रेरित भएर सिरिज बनाउने तयारीमा छन् । उनीहरुको यो प्रोजेक्टलाई अमेजन प्राइम भिडियोले हरियो झण्डा देखाएको छ । नायिकाले यो कुराको घोषणा इन्स्टाग्राममार्फत् गरेकी थिइन् ।
उनले एक अंग्रेजी वेबसाइटको स्क्रिन सट सेयर गर्दै लेखेकी छिन्, ‘हाम्रो विवाहको संगीतमा दुई परिवारले संयुक्त प्रस्तुती दिएको थियो । एउटा यस्तो प्रस्तुती जसले हाम्रो प्रेम कहानी दर्साउँछ । हामीले जीवनभरी नबिर्सिने एक विशेष पल ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण