११ वर्षपछि ‘बन्टी र बबली’ बनेर ठगी गरिरहेको देखिनेछन् सैफ अली खान र रानी मुखर्जी
यश राज फिल्म्सको नयाँ फिल्म ‘बन्टी और बबली टु’ को घोषणा भइसकेको छ । यसपटक ठगको भूमिकामा सिद्धान्त चतुर्वेदी र शरवरी मुख्य भूमिकामा देखिनेछन् । यसका साथै फिल्ममा अर्का एक ठग जोडी पनि देखिनेछन् । यसमा सैफ अली खान र रानी मुखर्जी पक्का भएका छन् । यद्यपि, सुरुमा अभिषेक बच्चनलाई पनि फिल्मको प्रस्ताव दिइएको थियो तर यसपटक उनले फिल्मको सदस्य हुन अस्विकार गरे । यस्तै, सेफले पनि सुरुमा फिल्म गर्न अस्विकार गरिसकेका थिए तर अब उनी राजी भएका छन् । यसरी सैफ र रानी ११ वर्षपछि एकसाथ स्क्रिनमा देखिँदैछन् ।
हिट छ सैफ–रानीको जोडीः
‘हम तुम’, ‘ता रा रम पम’, ‘थोडी प्यार थोडा म्याजिक’ जस्ता हिट फिल्ममा अभिनय गर्ने सैफ र रानी सफल जोडी मानिन्छन् । यी दुई सिनियर ठगको भूमिकामा छन् ।
सैफ निकै उत्साहित छन्ः
सैफ भन्छन्, ‘बन्टी र बबली टु आजको समयमा आधारित छ । यो एक भिन्न प्रकारको सिक्वल हो । यसको शानदार स्क्रिप्टले मलाई तत्काल प्रभावित गरेको थियो । यो पूरा परिवार सँगै बसेर रमाइलो गर्न सकिने एक मनोरञ्जनात्मक फिल्म हो । यसैकारण मलाई यो मन पर्यो र म योसँग जोडिएँ । रानीसँग काम गर्नु निकै रमाइलो भइरहेको छ । मलाई पुनः त्यहि रचनात्मक सहयोगको प्रतिक्षा छ ।’
यस्तै रानी मुखर्जी भन्छिन्, ‘पहिलो बन्टी र बबलीलाई दर्शकले अत्यधिक प्रेम र प्रशंसा पाएको थियो । उहाँहरुको प्रेमले नै यशराज फिल्म्सलाई सिक्वल बनाउन प्रेरित गरेको हो । बन्टी और बबली टुमा पनि रियल जोडीको रुपमा आफ्नो भूमिका निभाउनका लागि अभिषेक र मलाई सम्पर्क गरियो तर दुर्भाग्यले कुरा मिलेन । यद्यपि, एक समूहको रुपमा हामी सैफलाई स्वागत गर्छौं र हामी निकै खुसी छौं । उनीसँग काम गर्दाका निकै सुखद याद मसँग छन् । म उनीसँग मिलेर केही नयाँ गर्ने आशा गर्छु ।’
आदित्य चोपडाद्वारा निर्मित यो सिक्वलको सुटिङ सुरु भइसकेको छ । वरुण शर्माले यसलाई निर्देशन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण