मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भ्याली एक्सप्रेसको पाँचौ रेष्टुरेन्ट सिनामंगलमा खुल्यो, ३ सय ४० रुपैयाँमै ‘होल ग्रिल्ड चिकेन’

बिहीबार, ०३ पुस २०७६, ११ : ४३
बिहीबार, ०३ पुस २०७६

भ्याली एक्सप्रेसले आफ्नो पाचौँ रेष्टुरेन्ट त्रिभुवन विमानस्थलको पार्किङस्थल सिनामंगलमा सञ्चालनमा ल्याएको छ । 

चिकेनका पारखीहरुका लागि भ्याली ग्रुपले सिनामंगलमा आफ्नौ पाँचौ रेष्टुरेन्ट बुधबारबाट सञ्चालनमा ल्याएको हो । 

२०४१ सालदेखि कुखुराको मासुजन्य उत्पादन तथा विक्री वितरणमा संलग्न भ्याली ग्रुपले २०७१ सालबाट रेष्टुरेन्ट व्यवसायमा हात हालेको थियो । सुरुमा चितवनको सौराहामा आफ्नो पहिलो रेष्टुरेन्ट खोलेको भ्याली ग्रुपले त्यसपछि नयाँबजार, महाराजगञ्ज, न्युरोड हुँदै अब सिनामंगलमा पनि शाखा बिस्तार गरेको हो । 

अमेरिकी तथा युरोपियन देशहरुमा प्रख्याती कमाएको केएफसी चिकेनकै शैलीमा चिकेनका सबैजसो परिकार पाउनेगरी भ्याली एक्सप्रेसको नाममा सञ्चालनमा आएको रेष्टुरेन्टले चिकनको पारखीहरुलाई आकर्षित गर्ने गरेको छ । 

भ्याली एक्सप्रेसमा ग्रिल्ड चिकेन, फ्राइड चिकेन, चिकेन पपकर्न, चिकेन विंग्स, बोनलेस चिकेन, चिकेन ललिपप, चिकेन ससेज, चिकेन बर्गर, चिकेन मम, चिकेन बिरयानी लगायतका खानेकुरा पाइन्छन् । 

३ सय ४० रुपैयाँमै १२ सय ग्रामको ग्रिल्ड चिकेन
भ्याली एक्सप्रेसले आफ्नो ओपनिङ डिस्काउण्टमा ३ सय ४० रुपैयाँमै १ हजार २ सय ग्रामको ग्रिल्ड चिकेन दिने भएको छ । अहिले एउटा होल्ड ग्रिल्ड चिकेनको ६ सय ७५ रुपैयाँमा रहेकामा पुष ८ गतेसम्म ५० प्रतिशत छुटमा उपलब्ध गराउन लागेको हो । 
भ्याली एक्सप्रेसको सिनामंगल शाखामा आगामी पुष ८ गतेसम्म चिकेनका सबै परिकारमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

अहिले भ्याली एक्सप्रेसले १२ पिस बोनलेस चिकेनको मूल्य ९ सय ९९ रुपैयाँ राखेको छ । तर पुष ८ गतेसम्मका लागि भने यो ५ सय रुपैयाँमै उपलब्ध हुनेछ । त्यसैगरी हाल १ सय १५ रुपैया लिने गरिएको चिकेन मम आगामी उक साताका लागि जम्मा ५८ रुपैयाँमा उपलब्ध हुनेछ । सिनामंगल शाखाले एक सातासम्म सबै खानामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । 

कुखुराको मासुजन्य उत्पादन तथा विक्री वितरणमा संलग्न भ्याली ग्रुप अन्तर्राष्ट्रिय गुणस्तर आइएसओ २२०००–२००५ प्राप्त संस्था हो भने यो हलाल सर्टिफाइड समेत भइसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप