माधव–वामदेवको प्रश्न : एकाएक राजपासँग सहमति किन ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी नेपालसँग गरेको दुई बुँदे सहमतिको सोही पार्टीका नेताहरुले विरोध गरेका छन् । पाँच दिनदेखि जारी नेकपाको स्थायी कमिटीको बैठकमा राजपा नेपालसँग भएको दुई बुँदे सहमतिको विरोध भएको हो । पार्टीका सचिवालयका सदस्य वामदेव गौतम र माधवकुमार नेपालले स्थायी कमिटीको बैठक चलिरहेको बेला पार्टीले यस्तो सहमति गरेको तर आफूहरुलाई कुनै जानकारी नभएको धारणा राखेका थिए ।
‘स्थायी कमिटीको बैठक चलिरहेको छ, यस्तो सहमति हुँदैछ भनेर एकपटक बैठकमा कुरा राखेर छलफल गरेर अगाडि बढेको भए राम्रो हुन्थ्यो तर चोर बाटोबाट लुकिछिपी सहमति गरेर पार्टीमा अन्य नेता वा कमिटीको कुनै महत्व रहेन’ बैठकमा सचिवालय सदस्य गौतमले भनेका थिए ।
सचिवालय सदस्य माधवकुमार नेपालले पनि सो निर्णयको आलोचना गरेका थिए । उनले बैठकमा भने, ‘पार्टीले यत्रो ठूलो निर्णय लिएको छ तर त्यसको बारेमा सञ्चारमाध्यमबाट जानकारी पाउनु खेदजनक कुरा हो ।’ दुवै नेताले सहमतिको आलोचना गरेको बैठकमा सहभागि एक नेता बताए ।
स्थायी कमिटीको बैठक शुरु हुने वित्तिकै स्थायी कमिटी सदस्य भीम रावलले उठेर एउटा कविता सुनाएर व्यग्यं शैलीमा राजपा र नेकपाबीच भएको सहमतिको विरोध गरेका थिए । उनले देशमा नाकाबन्दी लगाएर नेपाली जनतालाई दुःख दिने पार्टीसँग दुई बुँदे सम्झौता गरी पार्टीले के गर्न खोजेको हो भनि प्रश्न गरेका थिए । बैठकमा सहभागी एक नेताका अनुसार नाकाबन्दी गरी जनतलाई दुःख दिने राजपा नेपाललाई नेकपाले चोख्याउने काम गरेको भनी टिप्पणी गरेका थिए ।
नेकपा र राजपा नेपालबीच भएको सहमतिको विरोधमा अन्य नेताहरुले पनि बोल्न चाहेका थिए तर बैठकको अध्यक्षता गरेका प्रचण्डले यो विषयमा पछि एजेण्डा बनाएर नै छलफल गर्ने अहिले प्रतिवेदनमाथि आफ्नो धारणा राख्न बाँकी रहेका नेताहरुलाई बोल्न दिन आग्रह गरेपछि मात्र नेताहरु चुप लागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण