काँग्रेसको वार्ता टोलीबीच चाक्सीबारीमा छलफल
काठमाडौं । नेपाली काँग्रेसमा उत्पन्न आन्तरिक विवाद समाधानका लागि वार्ता टोलीबीच छलफल सुरु भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको वार्ता टोलीबीच छलफल सुरु भएको सिंहका प्रेस संयोजक युपी लामिछानेले जानकारी दिए ।
लामिछानेका अनुसार देउवा पक्षबाट उपसभापति विमलेन्द्र निधि र पौडेल पक्षबाट पूर्वमहामन्त्री सिंह, नेताद्वय दिलेन्द्र बडू र हृदयराम थानी छलफलमा सहभागी छन् । शुक्रबार बस्ने केन्द्रीय समिति बैठका एजेण्डामा सहमतिको जुटाउन वार्ता टोली छलफलमा जुटेको हो । मंसिर २६ गते बिहीबारबाट जारी केन्द्रीय समिति बैठकमा छलफलको एजेण्डाबारे देउवा र पौडेल पक्षबीच विवाद जारी छ ।
पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका, विभाग गठन, नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको विषयमा सहमतिको प्रयासमा छन् । चार वटै विषयमा प्याकेजमा सहमतिको माग गर्दै पौडेल पक्षले केन्द्रीय समिति बैठक निरन्तर बहिष्कार गर्दै आएको छ ।
सहमतिका लागि दुई पटक स्थगित गरी केन्द्रीय समिति बैठक शुक्रबारका लागि बोलाइएको छ । वार्ता टोलीले आज पनि सहमति जुटाउन नसके सभापति देउवाले भोलिको बैठकबाट विधान र लोकतान्त्रिक प्रक्रिया अनुरुप बहुमतका आधारमा निर्णय लिने तयारी गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगको मुद्दा ‘पूर्ण इजलास’ मा किन पठायो ?
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण


