नेपाली बजारमा नोकिया २.३ स्मार्टफोन, यस्ता छन् विशेषता
काठमाडौं– विश्व प्रसिद्ध स्मार्टफोन कम्पनी नोकियाले आफ्नो क्षेत्र विस्तारका लागि टेलिटकसँग साझेदारी गर्दै नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।
नोकिया २.३ इन्ट्री लेभलको स्मार्टफोन हो जस्मा ६.२ एचडी प्लस स्क्रीन, डुअल क्यामरा, दुई दिनसम्म टिक्ने ब्याट्री तथा प्रयोग गर्दा नौलो मनोरञ्जनात्मक अनुभूति दिने यसको बिशेषता रहेको छ ।
नोकिया २.३ मा एआई टेक्नोलोजीद्वारा संचालित डुअल क्यामरा छ जस्मा ‘रेकमेन्डेड सट’ फीचर रहेको छ । एन्ड्रोइड १० भएको नयाँ नोकिया २.३ मा ३ वर्ष सम्म मासिक सेक्यूरीटी अपडेट र दुई वर्षसम्म एन्ड्रोइड ओएस अपडेट ग्यारेन्टिड छ ।
डिजाइन
नोकिया २.३मा हेलियो ए२२ क्वाड – कोर प्रोसेसरले पावर दिएको हुन्छ । यस्को डिभाइस सीपीयूमा २ जीबी ¥याम र ३२ जीबी स्टोरेज छ, तथा स्टोरेजको क्षमता माइक्रो एस डि कार्डद्वारा ५१२ जीबीसम्म बढाउन सकिन्छ ।
यो मोबाइलको डुअल क्यामेरामा पछाडी १३ मेगा पिक्सेल प्राइमरी सुटर र २ मेगा पिक्सेल डेपm्ट सेन्सर त्यस्तै गरी अगाडी ५ मेगा पिक्सेलको वाटर ड्रप नोच सेल्फी सूटर लेन्स जडान गरीएको छ ।
नोकिया २.३को अन्तराष्ट्रिय मूल्य एक सय नौं यूरो छ, जसको मूल्य नेपालमा ११ हजार ९ सय ९९ रुपैयाँ सम्म पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण