ट्विंकल खन्नाले प्याजको झुम्का लगाएर सेयर गरिन् तस्बिर, अक्षय कुमारले दिएका थिए उपहार
ट्विंकल खन्नाले प्याजको झुम्का लगाएर इन्स्टाग्राममा आफ्नो तस्बिर सेयर गरेकी छिन् । तस्बिर सेयर गर्दै ट्विंकलले लेखेकी छिन्, ‘मलाई खुसी लागेको छ कि मैले यो अनमोल उपहार लगाउने मौका पाएँ जुन एक सुटिङपछि अंकुरित हुनुअघि नै घर ल्याइएको थियो ।’
अक्षयले उपहारमा दिएका थिए झुम्काः
प्याजको मूल्य नेपाल र भारतमै आकासिएको छ । यस्तोमा अक्षयले ट्विंकललाई प्याजको झुम्का उपहारमा दिएर अचम्मित पारिदिएका थिए । ट्विंकलले झुम्काको तस्बिर सेयर गर्दै लेखेकी थिइन्, ‘मेरा श्रीमानले द कपिल शर्मा शोबाट फर्किएपछि भने, ‘उनीहरुले यो करिनालाई देखाए, उनी यसबाटै खासै प्रभावित भएको मलाई लागेन तर यो तिमीलाई राम्रो लाग्छ भनेर सोचेँ र ल्याएँ ।’ कहिलेकाँही स–साना कुराले पनि मन छुन सक्छ ।’
करिनाको तस्बिर पनि सार्वजनिक भएको थियोः
केहि दिन अघि प्याजको झुम्कासहित करिना कपुर खानको तस्बिर पनि सार्वजनिक भएको थियो । फिल्म ‘गुड न्यूज’ को प्रोमोशनका लागि हालै करिना कपुर खान, अक्षय कुमार, कियारा आडवाणी र दिलजीत दोसांझ द कपिल शर्मा शोमा पुगेका थिए । कार्यक्रममा कपिलले करिनालाई प्याजको झुम्का देखाउँदा उनी बेस्सरी हाँसेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण