तातोपानीले नुहाउँदा पर्ने गम्भीर असरहरुः चाउरी र बाँझोपना
हिउँद सुरु भएसँगै जाडो बढ्ने क्रम पनि बढिरहेको छ । जाडो बढेपछि तातोपानीको प्रयोग पनि बढ्दै जान्छ । विशेषगरी जाडोयाममा तातो पानीमा नुहाउने चलन छ । जाडो मौसममा तातोपानीमा नुहाउँदा आनन्द महसुस त हुन्छ । तर के जाडो मौसममा तातोपानीले नुहाउँदा शरीरलाई फाइदा पुग्छ त ? डाक्टरहरुका अनुसार जाडोमा तातोपानीले नुहाउँदा धेरै बेफाइदाहरु हुन सक्छन् ।
ती के के हुन् त ?
सुख्खापन
तातोपानीले छालामा सुख्खापन पैदा गराउँछ । छालामा भएको नरमपना हराउँछ र छाला रुखो हुन्छ । नरम र संवेदनशील छाला भएकाहरुले तातोपानीले नुहाउँन हुँदैन ।
संक्रमण
धेरै तातोपानीले नुहाउँदा शरीरको प्राकृतिक तैलियपना हराउँछ जसको कारण शरीरमा अनावश्यक एलर्जी र संक्रमण बढ्न थाल्छ ।
पुरुषको सन्तान उत्पादन क्षमतामा असर
एक अध्ययनका अनुसार धेरै समयसम्म तातोपानीमा नुहाउँने पुरुषको प्रजनन् क्षमतामा असर पर्न सक्छ । जसले गर्दा सन्तान उत्पादन गर्ने क्षमतामा ह्रास आउँछ ।
आलस्यता
तातोपानीले नुहाउँदा फुर्तिलोपना हराएर शरीर आलस्य हुन्छ । तातोपानीले नुहाउँदा अल्छी लाग्ने र निन्द्रा लाग्छ ।
छाउरीपना
उमेर नपुग्दै छाउरीपनाले नसताओस् भन्ने चाहानुहुन्छ भने तातोपानीले नुहाउँन हुँदैन । तातोपानीले अनुहारलगायत शरीरका सबै अंगको प्राकृतिक तैलियपना घट्दै जान्छ र सुख्खापन धेरै भएपनि अनुहारमा चाउरी पर्न थाल्छ ।
कपालको लागि हानिकारक
तातोपानीले कपाललाई निकै असर पुर्याउँछ । यसले कपालको छाला सुख्खा बनाइदिन्छ जसले कपालको जरा कमजोर बन्छ र कपाल झर्न थाल्छ ।
डिप्रेसनको खतरा
धेरै तातोपानीमा नुहाउँने व्यक्तिलाई डिप्रेसनको खतरा हुन्छ । तातोपानीले शरीरमा भएको फुर्ति हराउँछ र थकित र अल्छी गराउँछ जसले गर्दा कहिलेकाहीँ डिप्रेसनको समस्या पनि निम्ल्याउँछ ।
आँखामा पनि समस्या
तातो पानीले आँखालाई पनि असर पुर्याउँछ । तातोपानीको प्रयोगले आँखा चिलाउने समस्या आउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण