शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

होन्डुरसमा जेलभित्र झडप, १८ कैदीको मृत्यु, १६ घाइते

आइतबार, ०६ पुस २०७६, २३ : २३
आइतबार, ०६ पुस २०७६

एजेन्सी । जेलभित्र भएको झडपमा परी होन्डुरसमा कम्तीमा १८ जना कैदी मारिएका छन् ।  कैदी कैदीका बीचमा भएको झडपमा परी अरू १६ जना घाइते पनि भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

उत्तरी बन्दरगाह शहर तेलामा रहेको कारागारमा शुक्रबार कैदीहरूका बीचमा झडप भएको जनाइएको छ । घटनास्थल राजधानी तेगुसिगाल्पादेखि १९० किलोमिटर टाढा पर्दछ । 

राष्ट्रपतिका एक सहयोगीले कारागार प्रणालीलाई आफूहरूले पुनःसंरचना गर्न लागेको बताएका छन् । उनले त्यसका लागि हस्तक्षेप गर्न आवश्यक भएको धारणा राखे । 

होन्डुरसका कारागारहरूमा भीडभाडका साथ २१ हजार कैदीहरूलाई राखिएको अधिकारीहरूले जानकारी दिएका छन् । Photo: Xinhua/global.chinadaily.com.cn

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप