प्रदेश ५ मा स्वास्थ्य ऐनको मस्यौदामाथि छलफल
बुटवल । ५ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश जनस्वास्थ्य सेवा ऐनको मस्यौदामाथि छलफल थालेको छ । आगामी हिउँदे अधिवेशनमा पेश गर्ने तयारी रहेको विधेयकलाई सरोकारवालाबीच छलफल गराइएको हो ।
प्रदेश स्वास्थ्य ऐनले सेवाग्राहीको अधिकार तथा स्वास्थ्य संस्थाको दायित्व, स्वास्थ्य प्रणाली र सेवा व्यवस्थापन, विपदकालीन स्वास्थ्य, सामाजिक सांस्कृतिक तथा वातावरणीय पक्षसहित संरचनाको निर्धारण गर्नेछ । त्यसका लागि मन्त्रालयले दाङको घोराहीमा सरोकारवालाबीच मस्यौदामाथि छलफल गरेको हो ।
छलफलमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले ऐन निर्माणअघि मस्यौदामा सरोकारवालालाई सहभागी बनाएर छलफल गर्दा कानूनहरु प्रभावकारी बन्ने बताए । उनले मस्यौदामाथि गहन ढंगले अध्ययन गरेर सुझाव दिनसमेत आग्रह गरे ।
‘मस्यौदामाथि गहन अध्ययन गरेर सुझाव दिनुभयो भने कार्यान्वयनमा सहज हुन्छ,’ उनले भने, ‘कानून बनेपछि गलत भयो भन्ने गुनासो आउनुभएन ।’ उनले स्वास्थ्य सेवा सुधारमा प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताए ।
मन्त्री बरालले प्रदेशभित्र सिकेलसेल बिरामीको उपचार, न्यूनीकरणका लागि कार्यक्रम बनेको बताए । संघीय सरकारबाट १० करोड अनुदान प्राप्त भएको भन्दै उनले त्यसको प्रभावकारी कार्यान्वयन गरिने बताए । प्रदेशका थारु समुदायमा सिकेलसेल, एनेमियाको समस्या हटाउनका लागि सरकारको विशेष योजना समेत रहेको उनको भनाइ छ ।
मन्त्री बरालले प्रदेशभित्र मातृ र शिशु मृत्युदर घटाउनका लागि बर्थिङ सेन्टर सुधारको काम गरिने समेत बताए । त्यसका लागि संघीय सरकारबाट १२ करोड बजेट प्रदेशमा आएको उनको भनाइ छ ।
ऐनको मस्यौदामाथि छलफल कार्यक्रममा सरकारी अस्पतालको मेसु तथा डाक्टरहरु, मेडिकल कलेज, निजी अस्पताल, स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले बताए । छलफलका सुझाव समेटेर मस्यौदालाई अन्तिम रुप दिइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण