बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

छोरा लियोनार्दो डिक्याप्रियोको जिस्कने स्वभावका कारण चिन्तित छिन् आमा, प्रेमिकालाई प्रस्ताव गरोस् भन्ने चाहन्छिन्

बिहीबार, १० पुस २०७६, १२ : ३९
बिहीबार, १० पुस २०७६

ओस्कर अवार्ड बिजेता लियोनार्डो डिक्याप्रियोकी आमाले छोराले चाँडै नै प्रेमिका क्यामिला मोरोनलाई प्रस्ताव राखोस् भन्ने चाहना राखेकी छिन् । अंग्रेजी वेबसाइट राडारअनलाइनका अनुसार छोराको बानीका कारण उनले राम्री केटी पनि गुमाउने हो कि भन्ने इरमेलिनलाई चिन्ता छ । लियो र केमिलालाई सार्वजनिक रुपमा धेरै पटक देखिएको छ । स्मरण रहोस्, केही समयअघि चर्चित मोडल केन्डल जेनरसँग एउटा क्लबमा पनि देखिएको थियो ।

अल पचिनोकी छोरी हुन् केमिलाः

वेबसाइटका अनुसार इरमेलिन आफ्नो छोरा लियो र प्रेमिका केमिलासँग इटलीमा छुट्टी मनाउन गएकी थिइन् । त्यसपछि उनले केमिलालाई बुहारीको रुपमा देख्न चाहेको बताइन्छ । यद्यपि, उनी आफ्नो छोराको जिस्कने (फ्लर्टी) स्वभावका कारण चिन्तित पनि भएको बताइन् । केमिला हलिउड इन्डष्ट्रिका दिग्गज कलाकार अल पचिनोकी छोरी हुन् ।

केन्डल जेनरसँग देखिएका थिए लियोः

टाइटानिक फिल्ममा ज्याकको भूमिका निभाएका लियो केही समयअघि केन्डल जेनरसँग देखिएका थिए । वेबसाइटका अनुसार यी दुईले क्लबको बुथामा घण्टौं सँगै बिताए । स्मरण रहोस्, यतिबेला केमिला माराकेच फिल्म फेस्टिबलमा उपस्थित हुन आएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप