शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

अबको दशक विकास र समृद्धिको दशक : प्रचण्ड

बिहीबार, १० पुस २०७६, १६ : ४९
बिहीबार, १० पुस २०७६

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अवको दशक विकास र सम्मृद्धिको दशक हुने बताएका छन् । 

बिहीबार चितवनमा हात्ती महोत्सव २०७६ को उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले प्रकृतिले दिएको स्रोत र साधनको सदुपयोग दशकको रुपमा मनाउनुपर्ने बताएका हुन् । ‘अहिले हामीले अहिले जसरी भिजिट नेपाल २०२० भनेका छौ । गत सालहरुको भन्दा तुलनात्मक रुपमा यो साल विश्वभरी राम्रो संकेत गएको छ भिजिट नेपाल २०२० को । र नेपाल आर्थिक विकासको गतिमा अगाडि बढ्न खोज्दैछ भन्ने अन्तराष्ट्रिय जगतले पनि स्वीकारेको छ’ प्रचण्डको भनाई छ । उनले चाहे त्यो विश्व बैंक, एशियाली बैंक वा अन्य अन्तराष्ट्रिय संघ संस्थाले नेपाल विकासतिर रफड्को हान्न खोज्दै छ भन्ने तथ्याङक प्रकाशित गरेको बताए ।

 तर उनले यो अवसरलाई जति प्रयोग गरेर जानुपर्ने हो त्यो हुन नसकेको भन्दै सकारात्मक सोच र पहलकदमी हुन नसकेको बताए । ‘यति ठुलो संघर्ष र मेहनतपछि प्राप्त यो अवसरलाई सदुपयोग गर्न नसकेर हामी चुक्ने हौ कि भन्ने चिन्ता पनि यदाकदा देखिने गरेको छ’, प्रचण्डको चिन्ता छ । 

उनले सवै देशवासी र व्यवसायीहरुलाई अपिल गर्दै यो अवसरलाई खेर जान दिननहुने बताए । ‘यस्तो अवसर सधै प्राप्त हुदैन’ प्रचण्डको भनाई छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप