कजाकिस्तानमा ९८ यात्रु बोकेको विमान दुर्घटना, मृतकको संख्या १४ पुग्यो
एजेन्सी । ९८ यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटनाग्रस्त बनेको अधिकारीहरुले जनाएका छन् ।
बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा नै शुक्रबार बिहान दुर्घटनाग्रस्त बनेको उनीहरुको भनाइ छ ।
उद्धारकर्ताहरु यतिबेला दुर्घटनास्थल पुगेका छन् । अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । केहीको जिवितै उद्धार पनि गरिएको छ । कम्तीमा ३५ जना घाइते भएका छन् जसमध्ये ९ जना बालबालिका रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
विमान कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीबाट देशको राजधानी नुरसुल्तानका लागि जाँदै थियो ।
विमान स्थानीय समय अनुसार ७ बजेर २२ मिनेटमा दुर्घटना ग्रस्त बनेको थियो । दुर्घटनअघि विमान दुई तले भवनमा ठोक्किँदै खसेको थियो । घटनास्थल नजिकै भएका रोयटर्सका पत्रकारले दुर्घटना भएको ठाउँमा अत्यधिक कुहिरो भएको बताएपनि दुर्घटनाको निश्चित कारण भने पत्ता लाग्न सकेको छैन ।
दुर्घटनापछि विमानमा आगो भने नलागेको बताइएको छ ।
कजाकिस्तानका गृहमन्त्रीले मृतकमध्ये ६ जना बालबालिका रहेको जानकारी दिए ।
Kazakhstan plane crash: Bek Air plane goes down near Almaty airport; multiple fatalities reported
— Breaking911 (@Breaking911) December 27, 2019
pic.twitter.com/zE0EfMckce
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण