हिरो हुन्छु भनेर कहिल्यै रहर गरिन: गोपाल ढकाल ‘छन्दे’
गोपाल ढकाल ‘छन्दे’ कलाक्षेत्रमा परिचित नाम हो । ०६० मा निर्माण भएको टेलिश्रृङ्खला ‘बुद्धको पाइला’ बाट अभिनय थालको ढकाल पछिल्लो समय ठुलो पर्दाका फिल्म अभिनयमा ब्यस्त छन् । ‘बुद्धको पाइला’ पछि ‘हिजो आजका कुरा’ र त्यसपछि ‘तितो सत्य’ अभिनय गरेका ढकाललाई कलाकारितामा ‘छन्दे’ उपनामले चिन्ने गरिन्छ । यो परिचय उनले ‘तितो सत्य’ बाट पाएका हुन् । जसमा उनी ०६२ मा आबद्ध भएका थिए ।
कलाकारिताको करिव डेढ दशकको यात्रामा दुई दर्जन बढी म्युजिक भिडियो, २६ ठुलो पर्दाका फिल्म र त्यतिकै संख्यामा टेलिचलचित्र अभिनय गरेका ढकालले ‘फुलमा मारुरी’, ‘ठाडो कपाल तोरीको तेलैले’, ‘धोती टोपी’, ‘झ्याप्प झ्याप्प लव’ र ‘दाँया गोरी बाँया काली’ बोलका गीत समेत बाहिर ल्याएका छन् ।
केही दिन पहिले दुवइमा आयोजित छायाछबी ओनर आवार्डमा उत्कृष्ट हाँस्य कलाकारको अवार्डसमेत हात परेका यी कमेडी कलाकार गोपाल ढकाल ‘छन्दे’ लाई यस्तो छ रातोपाटीको दश प्रश्न ।

कलाकारिता नै किन रोज्नुभयो ?
सानोमा फिल्म हेर्न जाँदा कमेडी कलाकारको अभिनय देखेर हलमा सबै हाँस्थे । त्यतिबेला नेपाल टेलिभिजन बाहेक अन्य टेलिभिजन पनि थिएन । सो समय टेलिभिजनमा देखिने कलाकारको चर्चा धेरै हुन्थ्यो । यो सबै देखेर सानैदेखि कलाकारितामा तिर रुचि बढ्यो । आफ्नो रुचिको बिषय यहि भएर कलाकारिता राजे ।
कमेडी अभिनयचाहीँ किन नि ?
म सानैदेखि चुलबुले खालको केटा थिए । अरुलाई हँसाउन माहिर थिए । गाउँघरका, स्कुलमा कार्यक्रम हुँदा हसाउन आउनु होला भने चिट्ठी समेत आउँथ्यो । यही क्रममा कमेडीको लत बस्यो । अर्काे कुरो मैले जीवनमा हिरो हुन्छु भनेर कहिल्यै रहर गरिन ।
अभिनयको पहिलो आम्दानी ?
एक बृतचित्रमा काम गरेको २ हजार मिलेको थियो । सो समय २ हजार ठुलै रकम थियो । त्यो पैसा अध्यायनमा खर्च गरे ।
के रहेछ कलाकारिता ?
यो क्षेत्र बुझ्नेका लागि श्रीखन्ड, नबुझ्नेका लागि खुर्पाको बिड भने जस्तो छ । आफैले केही क्रियसन गर्न सकियो भने यो क्षेत्रमा नाम, दाम सबथोक अथाह छ । अर्काको मात्र भर पर्ने हो भने केही गर्न सकिन्न ।
प्रेम ?
छैन, छैन । गाउँबाट म अभिनयका लागि काठमाडौ छिरे ब्यक्ति । काठमाडौमा बसेर, पढेर, अभिनयमा स्ट्रगल गर्न सजिलो छैन । स्ट्रगलको पिरियडमा कलाकारिताको बिषयमा बुझ्न कलाकार बस्ने ठाउँ खोज्दै हिँड्थे । अहिले ब्यस्त भएपछि भने फुर्सद भएन । सिधै भन्दा प्रेम गर्नेतिर कहिल्यै ध्यान गएन । मन पराउने होलान् । हाहाहा ।

अभिनय बाहेक रुचिको विषय ?
गायन र लेखन मनपर्छ ।
घुम्न ?
मेरो केही सौख छन् । ती मध्येको एक घुमघाम हो । बाचुन्जेल संसार घुम्नुपर्छ भन्ने मान्यता मेरो छ ।
सपना ?
फिल्म क्षेत्रको सफल निर्देशक बन्ने सपना हो । केही पहिले रिलिज भएको फिल्म ‘नमस्ते नेपाल’ मा मुख्य सहायक निर्देशक भएर काम गरेको थिए । निर्देशक पनि हुन्छु होला । त्यसका लागि निर्माताले साथ दिनुपर्यो ।
कस्तो केटा ?
म फन्नी खालको छु । रोमान्टिक छु । जो कोहीसँग सजिलै मिल्न सक्छु । रमाइलो गरिरहनुपर्ने मानिसमा पर्दछु ।
अभिनयमा नआएको भए ?
सायद, म फ्रष्टेसनमा हुन्थे कि । किनभने सानैदेखि अभिनयको भूतले ममा जरो गाडिसकेको थियो । खाडी मुलुकमा पनि काम गरिरहेको हुन्थे होला । धेरै नेपालीको बाध्यता त्यही हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण