सरकारलाई उद्योगीहरुले भने– वातावरण बनाउनुस् हामी लगानी गर्न तयार छौं (भिडियो)
काठमाडौं । उद्योगी व्यवसायीहरुले लगानीको वातावरण बने आफुहरु लगानी बढाउन तयार रहेको बताएका छन् । बाग्लुङ उद्योग वाणिज्य संघले ‘उज्यालो बाग्लुङ, समृद्ध बाग्लुङ’ नारासहित आयोजना गरेको लगानी सम्मेलनमा उद्योगी व्यवसायीहरुले लगानीको वातावरण बनेमा आफुहरु लगानी बढाउन तयार रहेको बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीहरुले रहरले मात्रै लगानी नगर्ने बताउँदै लगानीको प्रतिफलको कुरा आउँदा नीतिगत समस्याहरु देखिने गरेको बताए । उनले बाग्लुङ्मा कृषिसँग सम्बन्धित उद्योगको सम्भावना भएकोले त्यसका लागि लगानीको वातावरण निर्माण गर्न आग्रह गरे ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको क्षेत्रमा पनि बाग्लुङ सम्भावना भएको जिल्ला रहेको बताए । उनले पञ्चकोट र भैरवस्थानमा केबलकार सञ्चालनका लागि उपयुक्त हुने बताए । त्यस्तै उपाध्यक्ष ढकालले व्यवसाय सञ्चालनका लागि लगानीको सुरक्षा र त्यसबाट आउने प्रतिफलको सुनिश्चितता भएमा लगानी स्वतः बढ्ने बताए ।
सम्मेलनमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले राष्ट्रिय पूँजी निर्माणबाट मात्रै देशको समृद्धि हुने बताए । त्यसका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै लगानीको वातावरण बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले लगानी बढाउनका लागि देखिएका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको समेत बताए ।
सम्मेलनमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङले भाटभटेनीको नयाँ स्टोर बाग्लुङमा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले जिल्लामा लगानीको क्षेत्रहरु धेरै रहेको भन्दै ठुला उद्यमीहरु यस क्षेत्रमा लगानी बढाउन इच्छुक रहेको बताए । त्यस्तै उद्योगी व्यवसायीहरुले जलविद्युत, केबलकार, स्टार होटल तथा सुपरमार्केट, कृषि उद्योग लगायतका क्षेत्रमा लगानी गर्न आफुहरु तयार रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण