नाइजिरियामा ११ इसाई बन्धकहरूको क्रुरतापूर्ण हत्या
कानो । जिहादी समूह इस्लामिक स्टेट (आईएस) ले नाइजिरियामा ११ जना इसाई धर्मावलम्बीको क्रुरतापूर्ण हत्या गरेको छ । हत्यालाई पुष्टि गर्नेगरी सो समूहले बिहीबार एउटा भिडियो सार्वजनिक गरेको छ ।
आईएसले त्यसलाई अक्टोबरमा सिरियामा भएको आफ्ना नेता र प्रवक्ता मारिएको घटनाको बदला अभियानको एउटा घटना भएको बताएको छ । भिडिओमा देखाइएका पीडितहरूबारे विस्तृत जानकारी दिइएको छैन । आईएसको ‘समाचार संस्था’ अमाकले उत्पादन गरेको ५६ सेकेन्ड लामो भिडियोमा देखाइएका ती सबै पुरुष छन् ।
आईएसले उनीहरू नाइजिरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट केही हप्ताअघि नियन्त्रणमा लिइएको जनाएको छ । भिडियो बिहीबार सार्वजनिक भएको हो । विश्लेषकहरूले स्पष्ट रूपमा क्रिस्मस उत्सवसँग भिडियो सार्वजनिक गर्ने समय मिलाइएको देखिएको बताएका छन् ।
उक्त भिडियो ठेगाना नखुलाइएको खुला इलाकामा खिचिएको छ । जसमा एक बन्धकलाई गोली हानिएको छ भने अन्य १० जनालाई भुइँमा सुताएर उनीहरूलाई धारिलो हतियारद्वारा शीर छेदन गरिएको छ ।
आईएसका पूर्वनेता अबु बकर अल बग्दादी र प्रवक्ता अबुल हसन अल मुहाजिर अक्टोबर महिनाको अन्त्यतिर सिरियामा मारिएको करिब दुई महिनापछि डिसेम्बर २२ तारिखमा आईएसले उनीहरूको मृत्युको ’प्रतिशोध’ नयाँ सैन्य अभियान घोषणा गरेको थियो । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण