शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

सरकारले इमान्दारिताका साथ काम गरिरहेको छः प्रचण्ड

शनिबार, १२ पुस २०७६, १४ : ४९
शनिबार, १२ पुस २०७६

काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डले तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिवद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको बताएका छन् । उनले सरकारले इमान्दारिताका साथ काम गरिरहेको पनि बताए । 
‘पाटी एकता लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौ । पाँच वर्षको लागि सरकार दिन्छौँ भनेका थियौँ त्यो हामीले दिएका छौँ’, शनिबार बालुवाटारमा आयोजित प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘पाँच वर्षको लागि बनेको सरकारले इमानदारीका साथ काम गरिरहेको छ ।’

यस्तै परिवर्तनलाई उल्ट्याउन प्रयास भइरहेको उल्लेख गर्दै प्रचण्डले त्यो कुनै हालतमा सफल हुन नसक्ने बताए ।प्रचण्डले विचारमा एकतारुपता भए मात्र एकीकृत पाटीको उद्देश्य प्राप्त हुने भन्दै नेतृत्वले सही समयमा सही निर्णय गर्नुपर्ने धारणा पनि राखे ।

इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिले गरेको हुने उल्लेख गर्दै प्रचण्डले भने, ‘अहिले हामी जुन अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा छौँ । यस अवस्थामा जनमत निर्माण गर्ने आवश्यकता छ । र जनमत गर्ने काम सञ्चारमाध्यमले गरेको छ ।  त्यसमा‌ पनि इन्टरनेट र डिजिटलाइज्डले मुख्यरूपमा काम गरेको छ ।’ उनले मिडिया बुर्जुवाको हातमा रहेको भन्दै यसप्रति सजक हुनुपर्नेमा पनि जोड दिए ।  

सो अवसरमा प्रचण्डले राष्ट्रिय एकता र समृद्धिको लागि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप