‘प्रेमगीत-३’ मा राते काईलाको यस्तो अवतार
काठमाडौं । गत केही सातादेखि मनाङमा छायाँकन भइरहेको फिल्म ‘प्रेमगीत ३’ ले नयाँ पोस्टर सार्वजनिक गरेको छ । केही अगाडि फिल्मका कलाकार प्रदिप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ र मनिष राउतको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको यो निर्माण युनिटले अहिले भने रातेकाइला अर्थात कलाकार सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।
पोस्टरमा कलाकार थापा फरक अवतारमा देखिएका छन् । बाक्लो कपडा र हातमा ड्रम बोको थापाको पोष्टरमा राखिएको तस्बिर हिउँले समेत भरिएको छ । निर्माण युनिटले उनको भुमिका लुकाउँदै पोष्टर बाहिर ल्याएको हो ।
आगामी चैत २८ बाट प्रदर्शनमा आउने ‘प्रेमगीत ३’ मा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, सुनिल थापा, प्रेम पुरी, लक्ष्मी बर्देवा, माओत्से गुरुङ, पुस्कर कार्की, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारको अभिनय रहनेछ ।
छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्म राजेश श्रेष्ठ छायाँकन र सन्तोषकै निर्माण तयार हुन लागेको हो । फिल्मको ४० प्रतिशत छायाँकन काठमाडौंको बल्खुका केही पहिले दरबार बनाएर गरिएको थियो ।
करिब डेढ सय वर्ष पुरानो प्रेमकथामा फिल्म बन्न लागेको निर्माता सेनले बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण