शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

पुस १५ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा

आइतबार, १३ पुस २०७६, १८ : ००
आइतबार, १३ पुस २०७६

पोखरा । गण्डकी प्रदेशले पुस १५ गते सार्वजनिक बिदा दिने भएको छ । आइतबार, आन्तरिक मन्त्रालयले सूचना निकालेर बिदा दिने निर्णय गरेको छ । 

पुस १५ गुरुङ जातिको चाड तमु ल्होसार परेकाले सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । 

गत वर्ष पनि गण्डकीले पुस १५ मा सार्वजनिक बिदा दिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप