दीपिका पादुकोणको पहिरन देखेर प्रयोगकर्ताले सोधे, ‘यो भित्रीवस्त्र किन बाहिर लगाएको ?’
दीपिका पादुकोणको फेसनको चर्चा बलिउडमा बेला बखत हुने गर्छ । यस्तै, उनका श्रीमान् रणवीर सिंह सबैभन्दा अचम्मको पहिरन लगाउने नायकको रुपमा चर्चित छन् ।
दीपिका पादुकोण आजकाल फिल्मको प्रोमोशनमा व्यस्त छन् र उनको पछिल्लो तस्बिर देखेर मानिसहरुले उनलाई श्रीमान रणवीर सिंहको असर पर्न थालेको बताइरहेका छन् । दीपिकाले अचम्मको जिन्स र हाइ हिल्स लगाएकी छिन् । उनको हिल्समा रिबन राखिएको छ ।
उनको शर्ट पनि भिन्न शैलीको छ । उनले आफ्नो शर्टमाथि कोरसेट लगाएकी छिन् । उनको यो पहिरनको तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ । दीपिकालाई उनको लुकका कारण निकै ट्रोल गरिँदैछ ।
एक प्रयोगकर्ताले कमेन्ट बक्समा लेखेका छन्, ‘यो रणवीर सिंहको असर हो ।’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘अब उनलाई के भयो ? विवाहपछि रणवीरको रोग सर्यो कि क्या हो ? ’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो कस्तो पहिरन हो भाइ ?’ साथै अर्काले लेखे, ‘के हो भाइ, यो भित्री वस्त्र किन बाहिर लगाएको ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता
-
कात्तिक दोस्रो साता उपनिर्वाचन प्रस्ताव, आयोगले मिति घोषणा गर्ने
-
बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख