दीपिका पादुकोणको पहिरन देखेर प्रयोगकर्ताले सोधे, ‘यो भित्रीवस्त्र किन बाहिर लगाएको ?’
दीपिका पादुकोणको फेसनको चर्चा बलिउडमा बेला बखत हुने गर्छ । यस्तै, उनका श्रीमान् रणवीर सिंह सबैभन्दा अचम्मको पहिरन लगाउने नायकको रुपमा चर्चित छन् ।
दीपिका पादुकोण आजकाल फिल्मको प्रोमोशनमा व्यस्त छन् र उनको पछिल्लो तस्बिर देखेर मानिसहरुले उनलाई श्रीमान रणवीर सिंहको असर पर्न थालेको बताइरहेका छन् । दीपिकाले अचम्मको जिन्स र हाइ हिल्स लगाएकी छिन् । उनको हिल्समा रिबन राखिएको छ ।
उनको शर्ट पनि भिन्न शैलीको छ । उनले आफ्नो शर्टमाथि कोरसेट लगाएकी छिन् । उनको यो पहिरनको तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ । दीपिकालाई उनको लुकका कारण निकै ट्रोल गरिँदैछ ।
एक प्रयोगकर्ताले कमेन्ट बक्समा लेखेका छन्, ‘यो रणवीर सिंहको असर हो ।’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘अब उनलाई के भयो ? विवाहपछि रणवीरको रोग सर्यो कि क्या हो ? ’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो कस्तो पहिरन हो भाइ ?’ साथै अर्काले लेखे, ‘के हो भाइ, यो भित्री वस्त्र किन बाहिर लगाएको ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण