सत्ता पक्षले राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने काम गरिरहेको छः कँडेल
धनुषा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सत्ता पक्षले राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य गरिरहेको आरोप लगाएका छन् । नेपाली काङ्ग्रेस धनुषा कार्यसमितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य कँडेलले सभामुख चयनको नाममा सत्तापक्षले प्रतिनिधिसभालाई स्वेच्छाचारी बनाएको आरोप लगाए ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका कँडेलले सभामुख चयनको आवरणमा सूचना टाँस गरी सदन सञ्चालन नहुनुले राष्ट्रलाई नोक्सान पु¥याइरहेको प्रसङ्ग उल्लेख गर्दै विधेयकलाई सदनमा प्रस्तुत हुन नदिने अवस्थाले जटिलता थपिँदै गएको बताए ।
उनले सरकारमा रहेसम्म मधेशको माग बिर्सिने र सरकारबाट बाहिरिएपछि क्रान्तिकारी कुरा गर्ने मधेशवादी दलको दोहोरो चरित्रप्रति गम्भीर हुनु आवश्यक रहेको बताए । मधेशवादी दलका नेतामा सत्ता मोहका कारण सत्तामा जाने होडबाजी देखिएको उनले बताए । केन्द्रीय सदस्य कँडेलले बहुमतको निर्णयलाई स्वीकार नगर्ने अल्पमतको असन्तुष्टिले नेपाली काङ्ग्रेसमा विवाद देखिएको बताए ।
अल्पमत पक्षलाई पटकपटक सहमतिमा ल्याउने प्रयास गरिए पनि पार्टीलाई नै अनिर्णयको बन्दी बनाएको अवस्थाबाट निकासका लागि पार्टीले बहुमतबाट महाधिवेशन सन्दर्भका निर्णय गरेको उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण