बाहिरबाट रामपुर भित्रिने तरकारी,फलफूल र मासु निरुत्साहन
पाल्पा । रामपुर नगरपालिकामा २८ कृषक युवा स्वरोजगारमा छनोट भएका छन् । रामपुरका विभिन्न बैंक तथा नगरपालिकाले विभिन्न मापदण्डका आधारमा मूल्याङ्कन गरी ९१ जनाको आवेदनबाट स्वरोजगारका लागि ती कृषक छनोट गरेको हो ।
गत वर्षदेखि शुरु भएको स्वरोजगार कार्यक्रमअन्तर्गत तरकारी खेतीका निम्ति व्यक्तिगत रुपमा खेती गर्दा अनिवार्य दुई रोपनी तथा सामूहिक रुपमा खेती गर्दा १० रोपनी जग्गामा खेती गर्नुपर्ने प्रावधान छ । त्यस्तै कुखुरापालनका लागि व्यक्तिगत पाँच सय कुखुरा तथा सामूहिक रुपमा कुखुरा पाल्ने कृषकले तीन हजार कुखुरा पालेको हुनुपर्ने छ । नगरपालिकाले दिने सहयोगका लागि बाख्रापालनका लागि व्यक्तिगत १० बाख्राको माउ हुनुपर्ने र सामूहिक एक सय माउ बाख्रा पालेको हुनुपर्ने तथा मौरीका लागि व्यक्तिमा २० घार अनिवार्य हुनुपर्ने र सामूहिक भएमा एक सय घार हुनुपर्ने नगरपालिकाले तोकेको छ ।
भैंँसीपालन र बाख्रापालनका लागि छ–छ, गौपालनका लागि चार, कुखुरापालनका लागि आठ, च्याउ खेती र बङ्गुरपालनका लागि एक एक तथा आलुखेतीका लागि १२ फर्म चाहिन्छ । नगरपालिकामा बाहिरबाट तरकारी फलफूल र कृषि उपज नभित्र्याउनका लागि पहल गरिएको प्रशासकीय अधिकृत वाबुराम अर्यालले जानकारी दिए ।
नगरपालिकाले यही पुस महिनादेखि बुटवल, पोखरालगायत नारायणगढ क्षेत्रबाट रामपुरमा भित्रिने तरकारी, फलफूल तथा मासुलाई निरुत्साहन गर्ने लक्ष्य लिएको छ । अबदेखि रामपुरका कृषि हाटबजारमा रामपुरकै तरकारी बिक्री गरिने र त्यहाँका कृषकलाई व्यावसायिक बनाएर स्वरोजगार बनाउने योजना भएको नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताए । नगरपालिकाले गत हप्ता मात्रै रामपुरमा बाहिरबाट ल्याउने कुखुरा तथा अण्डा ल्याउन रोक लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण