प्रदेश २ को प्रदेशसभा बैठक स्थगित
बिहीबार, १७ पुस २०७६, १३ : १०
जनकपुर । आज बोलाइएको प्रदेश नम्बर २ को प्रदेशसभा बैठक बस्दै नबसि स्थगित भएको छ । प्रदेशसभा बैठक बिहीबार दिउँसो १ बजेको लागि बोलाइएको थियो । आज बोलाइएको बैठक पुस २४ गते दिउसो १ बजे सम्मको लागि स्थगित गरिएको सभामुखका प्रेस संयोजक प्रभाकर सिंहले जनाए । प्रदेश सरकारले आन्तरिक तयारी नगरेकाले प्रदेश बैठक स्थगित भएको जनाइएको छ ।
यसभन्दा पहिले सोमबार र मंगलबार बसेको प्रदेशसभा बैठक प्रतिपक्षी दलहरुले अबरुद्ध गर्दै आएको थियो । उनीहरुले उपभोक्ता समितिमार्फत भएको विकास निर्माणको भुक्तानी, जनता आवास, माननीयहरुको संसदीय कोषको कार्यविधि, सशर्त अनुदान लगायतका विषयमा मुख्यमन्त्री लालबाबु राउतले सदनमा उपस्तिथि भई जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण