ग्राण्डी अस्पतालले ४० बेडमा निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखाले आर्थिक रुपमा विपन्न भएका व्यक्तिका स्वास्थ्यलाई ध्यानमा राखेर ४० बेडमा निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने भएको छ ।
अस्पतालको शुक्रबार साँझ सम्पन्न सातौँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा आर्थिकस्थित कमजोर भएकालाई सिद्धार्थ वार्ड स्थापना गरेर ४० बेडबाट निःशुल्क सेवा दिन लागेको हो ।
अस्पतालका अध्यक्ष इन्जिनियर दिपक कुँवरले ग्राण्डी अस्पतालले धनी र गरिब दुवैस्तरका नागरिकलाई सेवा दिने उद्देश्यले ४० वेड निःशुल्क गर्न लागेको जानकारी दिए ।
‘ग्राण्डी अस्पताल धनी व्यक्तिले उपचार गर्ने अस्पताल हो भन्ने आम मानिसको बुझाई छ, यसलाई चिर्नका लागि पनि हामीले ४० बेड निःशुल्क गर्न लागेको हौँ,’ अध्यक्ष कुँवरले भने ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले अस्पतालले नेपाली स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको सराहना गर्दै आगामी दिनमा थप जनमुखी र विश्वस्तरीय सेवा विस्तार गर्दै जानुपर्ने बताए ।
अस्पताललाई चाहिने स्थानीय सरकारको साथ र सहयोग दिन स्थानीय सरकार तयार रहेको उनको भनाई थियो ।
अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले सात वर्षको अवधिमा अस्पतालले चार हजारभन्दा बढी विदेश, आठ लाख भन्दा बढी विरामीको बहिरङ्ग (ओपिडी) सेवा, ५० हजार अन्तरङ्ग बिरामी, ३० हजार सर्जरी, ४१ हजार आकस्मिक सेवा र तीन हजारको हेलिकप्टरमार्फत उद्धार गरी स्वास्थ्यसेवा प्रदान गरेको जानकारी दिए ।
अस्पतालले एक वर्षदेखि नेपालमै पहिलोपटक स्पोर्ट मेडिसिन, स्पाइन सर्जरी, इमर्जेन्सी मेडिसीन र हेपाटोप्यानक्रयाटिक चार क्षेत्रमा फेलोसिप कार्यक्रम सुरु गरेको अस्पतालले जनाएको छ ।
अस्पतालले सातौँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम तथा अस्पतालबाट प्रकाशित हुने दोस्रो ‘ग्राण्डी जर्नल’को समेत विमोचन गरेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षभित्र 'कन्ट्री रेटिङ' सम्पन्न गरिने
-
सन्दीप लामिछानेको मुद्दा : बहसमा समय निर्धारण, आजै फैसला सुनाउने तयारी
-
हिमाली क्षेत्रमा कृषिलाई प्रोत्साहन गर्न ‘हिमाल समृद्धि कार्यक्रम’
-
सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने
-
सहकारी सञ्चालन र नियमनमा सरकारले ल्यायो नयाँ नीति
-
व्यक्तित्व अधिकार माग्न उच्च अदालत पुगे ज्याकी