नायिका ऋचा शर्मालाई मातृशोक
आइतबार, २० पुस २०७६, १० : १८
नेपाली सिने जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नायिका ऋचा शर्माको आमाको निधन भएको छ ।
ऋचाकी आमा रिनादेवी शर्माको ६७ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो ।
रिनादेवी लामो समयदेखि बिरामी थिइन् । छोरी ऋचाको विवाहका बेला पनि उनी बिरामी नै भएको बताइन्छ ।
रिनादेवीलाई फिल्मी जगतका विभिन्न हस्तीले सोसल मिडियामार्फत् श्रद्धाञ्जली दिएका छन् । निर्देशक दिपाश्री निरौलाले ‘आमा हजुरको बैकुण्ठमा बास् होस्, ऋचा सम्हाल आफूलाई, सबै परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस्’ भन्दै ऋचाको आमासँगको तस्बिर पोष्ट गरेकी छिन् ।
दिपाश्रीको उक्त पोष्टमा नायिका करिष्मा मानन्धरदेखि सञ्चिता लुइँटेललगायतका थुप्रै कलाकार र सर्वसाधारणले रिनादेवीमाथि श्रद्धाञ्जली अर्पण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण