कुशल पंजाबीले आत्महत्या गरेको ९ दिनपछि श्रीमतीले मुख खोलिन्, ‘कुशल लापरवाह पिता थिए, ऊ सम्बन्धमा पनि असफल रह्यो’
टिभी नायक कुशल पंजाबीको आत्महत्याको ९ दिनपछि उनकी श्रीमती आन्द्रे डोल्हनले पहिलो पटक उनीबारे मुख खोलेकी छिन् । उनले कुशललाई एक लापरवाह पिता र सम्बन्ध निभाउन असफल बताएकी छिन् ।
उनले कुशललाई शंघाइमा सँगै बस्नका पनि आग्रहसमेत गरेको जानकारी दिइन् । यसका साथै उनले कुशलको खर्च सबै आफैंले व्यवहोरेको पनि बताइन् ।
एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘मलाई थाहा छैन कि यसका लागि मलाई किन आरोप लगाइँदैछ ।’
उनले कुशल आफ्नो परिवारको विषयमा सिरियस नभएको पनि आरोप लगाइन् । अन्तर्वार्ताको क्रममा उनले भनिन्, ‘उनी लापरवाह पिता थिए र उनले कहिले पनि आफ्नो छोराको भविष्यबारे सोचेनन् । मैले किआनलाई आफ्नो पापासँग कुरा गर्न कहिल्यै रोकिनँ । मैले त उनलाई सँगै बस्न बोलाएको पनि थिएँ तर उनले रुची देखाएनन् । यहाँसम्म कि मैले उनको खर्चबारे पनि ध्यान दिएँ ।’
स्मरण रहोस्, चेतन हंसराजले यसअघिको बयानमा उनको साथी कुशल श्रीमतीसँग अलग्गिएको र काम नपाएका कारण डिप्रेशनमा भएको बताएका थिए ।
३७ वर्षका कुशल पंजाबीले २६ डिसेम्बरमा आत्महत्या गरेका थिए । उनी आफ्नो घरमा सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएका थिए । २७ डिसेम्बरमा कुशलको अन्तिम संस्कार मुम्बईमा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण