अमेरिकी सेनालाई हटाए इराकले ठूलै प्रतिबन्ध व्यवहोर्नुपर्ने ट्रम्पको चेतावनी
इराकको संसदले एउटा प्रस्ताव पारित गर्दै मुलुकबाट सबै विदेशी सेनाहरुलाई हटाउन आदेश दिएसँगै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकलाई चेतावनी दिएका छन् ।
‘इराकमा हाम्रो असाध्यै महँगो हवाई अड्डा छ । यो निर्माणमा अर्बौं डलर खर्च भयो । हामीले यसको पैसा नपाएसम्म त्यो ठाउँ छोड्ने छैनौं,’ उनले पत्रकारलाई भने ।
के भने ट्रम्पले ?
इराकले अमेरिकी सैनिकलाई जबर्जस्ती बाहिर निकाल्न खोजे इरानले कहिल्यै नदेखेको प्रतिबन्ध खेप्न बाध्य हुने ट्रम्पले चेतावनी दिएका छन् ।
इराकमा पाँच हजार अमेरिकी सैनिक छन् । इराकी संसदको एउटा असाधारण संसदीय सभाले सरकारलाई बगदादसँग मिलेर इस्लामिक स्टेट अफ इराक र लाभान्ट – आइएसआइएलसँग लड्नका लागि अमेरिका तथा उनका सहयोगी राष्ट्रहरुसँग मागिएको सैन्य सहयोग रद्द गर्न आदेश दिएको छ ।
प्रस्तावमा भनिएको थियो, ‘सरकारले इराकमा इस्लामिक स्टेटसँग लड्नका लागि चालिएको सैन्य अभियानको अन्त्य र विजय प्राप्तिको कारण विदेशी गठबन्धनसँग मागिएको सैन्य सहयोग रद्द भएको घोषणा गर्दछ ।’
अमेरिकाले इरानी जनरल कासिम सुलेमानीलाई गत हप्ता बगदादमा हत्या गरेपछि शीतयुद्ध उच्चतम बिन्दुमा छ ।
इरानले ‘खतरनाक बदला’ लिने कसम नै खाएको छ ।
६२ वर्षे सुलेमानीलाई अमेरिकाले आतंककारी घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण