पोखराबाट २ जना लागुऔषध कारोबारी पक्राउ
पोखरा । पोखरामा ठुलो मात्रामा लागुऔषधसहित २ जना पक्राउ परेका छन् । जम्माजम्मी २ सय ८० एम्पुल लागु औषधसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका १३ पाटनवेशीका २१ वर्षीय अनुप तामाङ र पोखरा २७ शिशुवाका १९ वर्षीय विशाल परियार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पोखरा १३ काहुँखोलाबाट उनीहरुलाई समातेको हो । अभियुक्त अनुप तामाङले चलाएको ग ०७ प ६१२४ नम्बरको मोटरसाइकल रोकी चेकजाँज गर्ने क्रममा उनीहरुलाई पक्रिन सफल भएको प्रहरीको भनाई छ ।
अभियुक्त दुईले बोकी राखेको झोलाबाट डाइजापाम ९४ एम्पुल, नुफिन ९४ एम्पुल र फेनरागन ९२ एम्पुल गरि जम्माजम्मी २ सय ८० एम्पुल लागुऔषध प्रहरीले बरामद गरेको छ । दुई थान मोबाइल र अभियुक्तद्वय चढेको मोटरसाइकललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण