जब करिना कपुरले बिपाशा बसुलाई हानिन् थप्पड, थाहा पाउनुहोस् के थियो मामला
फिल्म उद्योगमा थुप्रै सेलिब्रिटी रातारात स्टार बन्ने गर्छन् त कोही हिट भइसकेपछि पनि अचानक हराउने गर्छन् । आज एक यस्ती नायिकाको जन्मदिन हो जसले मोडलिङबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् र हेर्दा हेर्दै बलिउडकी चर्चित नायिकामध्ये एक बनेकी थिइन् । तर आज उनलाई खासै फिल्महरुमा देख्न पाइँदैन । करणसिंह ग्रोवरसँग विवाह गरेपछि उनी आफ्नो नीजि जीवनमा नै व्यस्त छिन् । उनी हुन् नायिका बिपाशा बसु ।
बिपाशा बसुले फिल्म अजनबी (सन् २००१) मा अभिनयको सुरुवात गरेकी थिइन् । अजनबीमा बिपाशा बसुसँग करिना कपुर मुख्य भूमिकामा थिइन् । अजनबीमा बिपाशा बसुसँगै करिना कपुर पनि मुख्य भूमिकामा थिइन् । साथै, अक्षय कुमार र बबी देओल पनि नायकको रुपमा मुख्य भूमिकामा थिए । तर उक्त फिल्मको सेटमा जे भयो त्यो आजसम्म पनि याद गरिन्छ । करिना कपुर र बिपाशा बसुको फिल्मको सेटमै झगडा भएको थियो । भारतीय मिडियामा सार्वजनिक भएका खबरलाई मान्ने हो भने उनीहरुबीचको झगडा यति धेरै बढेको थियो कि करिना कपुरले बिपाशा बसुलाई थप्पडसमेत हानेकी थिइन् ।
फिल्म अजनबीको सेटमा करिना कपुरको डिजाइनर विक्रम फडनीसले बिपाशा बसुलाई मद्दत गरिरहेका थिए । यो देखेर करिना यति रिसाएकी थिइन् कि बिपाशालाई कालो बिरालोसमेत भनेकी थिइन् ।
बिपाशाले सन् २००१ मा फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा यसबारे यसो भनेकी थिइन्, ‘मलाई लाग्छ कि यसलाई तिलको पहाड बनाइएको हो । यदि करिनालाई डिजाइनरसँग समस्या थियो भने मलाई बीचमा किन तानिन् ? त्यो साँच्चै नै करिनाको अपरिपक्व व्यवहार थियो । म अब करिनासँग दोस्रो पटक कहिले पनि काम गर्ने छैन ।’
करिना कपुरले पनि यसबारे फिल्मफेयरसँग कुराकानी गरेकी थिइन् । सन् २००२ मा दिएको उक्त अन्तर्वार्तामा करिनाले भनेकी थिइन्, ‘मलाई लाग्छ कि बिपाशालाई आफ्नो क्षमतामा विश्वास छैन । उनले चार पानाको अन्तर्वार्तामा करिब तीन पाना मेरै बारे कुरा गरेकी छिन् । उनले आफ्नो कामबारे किन कुरा गरिनन् ? मलाई लाग्छ बिपाशाले अहिलेसम्म जति पनि लोकप्रियता पाएकी छिन् त्यो ‘अजनबी’ को सेटमा डिजाइनर विक्रम फडनीसको विषयमा मसँग भएको झगडाका कारण नै पाएकी छिन् ।’
यद्यपि, सन् २००८ मा करिना कपुरले सबै बिर्सिएर बिपाशालाई सैफ अली खानको जन्मदिनको पार्टीमा आमन्त्रण गरिन् । त्यतिबेलादेखि यी दुईबीचको झगडा समाप्त भयो र दुबैलाई विभिन्न पार्टीमा सँगै देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण