बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

नविनसँगै नाचे युएईमा नेपाली

बुधबार, ०७ भदौ २०७४, १३ : ३२
बुधबार, ०७ भदौ २०७४

काठमाडौं – चर्चित गायक नविन पौडेलले युएईका नेपाली दिदीबहिनी नचाएका छन् । १८ अगस्टमा रसअल खैमहको सुडानी क्लबमा आयोजित तीज धमाकामा कार्यक्रममा उनले आफ्ना दर्जन गीत मार्फत नेपाली दिदी बहिनी नचाएका हुन् ।
दैलेखी सेवा समाज युएईले आयोजना गरेको तीज बिषेश कार्यक्रममा उनले नेपाली कलासंस्कृती झल्कने गीत समेत प्रस्तुत गरे । उनले गाएका गीतले दर्शकलाई स्वाभिमानी र जन्मभूमि मै आत्मनिर्भर बन्न प्रेरित गर्ने खालको समेत रहेको थियो । 
कार्यक्रममा गायक नविनले ‘हरेक जातजाती छौँ’, ‘नानाथरी, यस्तै हुन्छ भन्नेभा’, ‘नयाँ पार्टी खोल्छु’, ‘दुखका दिन गए’, ‘जान्न मत त्यो घर’, ‘आजै भेट भाको युएई आको म परेँ पाल्पाको’ लगायत बोलका गीत घन्काएका थिए । 
स्टेज कार्यक्रममा ब्यस्त रहने गायक नविन अन्तराष्ट्रिय कलाकार मञ्च नेपालका उपाध्यक्ष, प्रस्तोता समाज नेपाल्का कार्यकारी सदस्य पनि हुन् ।
कार्यक्रममा गायिका चिजा तामाङ, शङ्कल्प चन्द, सङीता बुर्लाकोटी लगायतको समेत प्रस्तुति कार्यक्रममा रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप