विद्यार्थीका माग सम्बोधन हुन्छ :अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको एकीकरणप्रति असन्तुष्टि जनाउँदै आएका विद्यार्थीले आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गरेका छन् ।
आफूहरुलाई अन्यायपूर्णरुपमा एकता प्रक्रियाबाट बनेको केन्द्रीय कमिटीमा समावेश नगरिएको भन्दै पूर्वअनेरास्ववियू (क्रान्तिकारी)का पदाधिकारीले दाहाललाई भेट गरेका हुन् ।
भेटमा अध्यक्ष दाहालले एकताप्रति गुनासो आइरहेकाले सम्बोधन गर्ने बताउनुभएको क्रान्तिकारीका सचिव डिवी साउदले जानकारी दिए । उनले अनेरास्ववियुका इञ्चार्ज हितमान शाक्य, सहइञ्चार्ज विनोढ ढकाल, संयोजक ऐन महर र सहसंयोजक रञ्जीत तामाङसँग छलफल गरेर असन्तुष्टि विद्यार्थीको माग सम्बोधन गर्न आग्रह गर्ने बताए ।
पूर्वसचिव साउदले विद्यार्थी राजनीतिमा क्रियाशील हुँदाहुँदै व्यक्तिगत रिसईवीका कारण आफूहरुलाई केन्द्रीय कमिटीमा नराखिएको बताए ।
उन्ले आफूलाई परेको अन्यायबारे महासचिव विष्णुप्रसाद पौडेल, विद्यार्थी इञ्चार्ज हितमान शाक्य, सहइञ्चार्ज विनोद ढकाललाई समेत जानकारी गराउने बताउ ।
अनेरास्ववियुको केन्द्रीय कमिटीमा पूर्वअनेरास्ववियुबाट १८० र क्रान्तिकारीबाट १५५ गरी ३३५ जनाको बनाइएको छ । पूर्वसचिव साउदका अनुसार कमिटीमा पूर्वक्रान्तिकारीका १३ जना पदाधिकारीलाई राखिएको छैन ।
क्रान्तिकारीको महाधिवेशनबाट निर्वाचित हुनुभएका उपमहासचिव दीपक जोशी, टुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, आशा तमु तथा सचिव डिवी साउद र नारायण खनाललाई एकतापछि बनेको केन्द्रीय कमिटीमा नसमेटिएपछि असन्तुष्ट भएका छन् ।
एकतापछि बनेको अनेरास्ववियुको यही पुस १८ गते ३३५ सदस्यीय केन्द्रीय कमिटी, १११ केन्द्रीय सदस्यको सचिवालय, ४५ जनाको स्थायी कमिटी र २१ सदस्यीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगसमेत गठन गरी टुङ्ग्याइएको छ ।
अनेरास्ववियुको राष्ट्रिय भेला यही पुस २७ गते र केन्द्रीय कमिटी बैठक पुस २८ गते डाकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण