जनक शिक्षामा कर्मचारीभन्दा ठेकेदार प्रिय
भएका कर्मचारीलाई काम दिनुको साटो जनक शिक्षा सामग्री संस्था लिमिटेडले ठेकेदार खोजेर छपाईको काम सुम्पिने गरेको छ र तीन वर्षअघि प्रबन्ध सञ्चालकको जिम्मेवारी पाएका महेशप्रसाद तिमिल्सिनाले छपाइका कर्मचारीले ‘काम गर्न नसकेको र कार्यालय घाटामा गएको’ जनाउँदै ठेक्कामा काम दिन थालेका हुन् ।
अघिल्ला प्रबन्ध सञ्चालकले सरकारले मेसिन किन्न बजेट उपलब्ध नगराएका कारण मेसिन नै ठेक्कामा लिएर केन्द्रमै छपाइको काम गरेका थिए । हाल आवश्यक पर्ने सम्पूर्ण मेसिन उपलब्ध हुँदाहुँदै कर्मचारीलाई काम नदिई ठेकेदारलाई दिने गरिएको छ ।
केन्द्रले बोर्डको निर्णय भन्दै हचुवाको भरमा टेन्डरमार्फत ठेक्का दिएपछि कर्मचारी चरम मारमा परेका छन् । ‘ठेक्का दिएर समयमै किताब पु¥याउने दाबी गरेको जनक शिक्षाले यो वर्ष समयमा काम सक्ने सम्भावना भने छैन’ एक पुराना कर्मचारीले भने । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण