जनक शिक्षामा कर्मचारीभन्दा ठेकेदार प्रिय

भएका कर्मचारीलाई काम दिनुको साटो जनक शिक्षा सामग्री संस्था लिमिटेडले ठेकेदार खोजेर छपाईको काम सुम्पिने गरेको छ र तीन वर्षअघि प्रबन्ध सञ्चालकको जिम्मेवारी पाएका महेशप्रसाद तिमिल्सिनाले छपाइका कर्मचारीले ‘काम गर्न नसकेको र कार्यालय घाटामा गएको’ जनाउँदै ठेक्कामा काम दिन थालेका हुन् ।
अघिल्ला प्रबन्ध सञ्चालकले सरकारले मेसिन किन्न बजेट उपलब्ध नगराएका कारण मेसिन नै ठेक्कामा लिएर केन्द्रमै छपाइको काम गरेका थिए । हाल आवश्यक पर्ने सम्पूर्ण मेसिन उपलब्ध हुँदाहुँदै कर्मचारीलाई काम नदिई ठेकेदारलाई दिने गरिएको छ ।
केन्द्रले बोर्डको निर्णय भन्दै हचुवाको भरमा टेन्डरमार्फत ठेक्का दिएपछि कर्मचारी चरम मारमा परेका छन् । ‘ठेक्का दिएर समयमै किताब पु¥याउने दाबी गरेको जनक शिक्षाले यो वर्ष समयमा काम सक्ने सम्भावना भने छैन’ एक पुराना कर्मचारीले भने । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड थप
-
छायाँंछवी डि सिने अवार्ड : कसलाई कुन उपाधि ?