खेल मैदानमै झगडा गरेपछि ६ खेलाडीलाई प्रतिबन्धको कारबाही
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत गत सोमबार मैदानमै झगडा गरेका ६ खेलाडीलाई प्रतिबन्ध सहित आर्थिक जरिवानाको कारबाही गरेको छ ।
एन्फा अनुशासन समितिले झगडाको सुरुवात गरेका मनाङका जगजित श्रेष्ठ सहित ६ जना खेलाडीलाई कारबाही गरेको हो । मनाङ र मच्छिन्द्रबीचको खेल सकिएपछि दुवै पक्षका खेलाडीले एक आपसमा मैदानमै झगडा गरेका थिए ।
समितिले मनाङका मिडफिल्डर जगजित श्रेष्ठ र अशोक बराललाई पाँच खेल प्रतिबन्ध र १० हजार जरिवाना तथा रन्जन बिष्टलाई दु्ई खेल प्रतिबन्ध गरेको छ । यसैगरी मच्छिन्द्रका दिपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई दुई खेलको प्रतिबन्धको कारबाही गरेको छ ।
झगडामा उत्रिएका मनाङका किड्स म्यानेजर शिव लामालाई खेलभर प्रतिबन्ध र १० हजार रुपैयाँ जरिवानाको कारबाही गरिएको छ ।
एन्फाले दुवै क्लबलाई ५०–५० हजार रुपैयाँ जरिवाना पनि गरेको छ । मनाङ र मच्छिन्द्रबीचको खेल बराबरीमा सकिए लगत्यै मैदान रणभूमिमा परिणत भएको थियो । खेलाडीबीच हानाहान हुँदा प्रहरीको सहायतामा झगडा साम्य बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण