१४ मुलुकका २९ वायुसेवा कम्पनीले नेपालमा उडान भर्दै
शुक्रबार, २५ पुस २०७६, ०७ : ३८
भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले भर्ने वायुसेवा कम्पनीको संख्या २९ पुगेको छ । नेपालसहित विश्वका १४ मुलुकका २९ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भारतको विस्तार र कुवेतको जजिरा एयरवेजले नेभेम्बरदेखि नेपालमा उडान भरेसँगै नेपालमा उडान भर्ने एयरलाइन्सको संख्या बढेको हो ।
नेपालबाहेक १३ वटा मुलुकका २६ वटा एयरलाइन्सले नेपालमा उडान भर्दै आएका छन् । १३ वटा मुलुकम छिमेकी मुलुक भारत चीनसहित भुटान, बंगलादेश, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दक्षिण कोरिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमन, टर्की रहेको उनले बताए । यो समाचार आजको आथिएक दैनिकमा प्रवीण राउतले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ