शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बैंकका शेयरधनीले २३ वर्षपछि पाए लाभांश

शुक्रबार, २५ पुस २०७६, १८ : ०९
शुक्रबार, २५ पुस २०७६

काठमाडौं । नेपाल बैंकका शेयरधनीहरुले २३ वर्ष पछि लाभांश पाएका छन् । नेपाल बैंकको शुक्रबार बसेको ६० औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन गरेपछि लगानीकर्ताले २३ वर्ष पछि लाभांश पाएका हुन् ।

बोनस शेयर पारित भएसँगै नेपाल बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २ सय रुपैयाँ पुगेको छ । साधारण सभामा शेयरधनीहरुले बैंकको खराब कर्जा अझै बढी रहेको बताउँदै त्यसलाई घटाउनु ध्यान दिन सुझाव दिएका थिए । बैंकका अध्यक्ष वासुदेव अधिकारीले शेयरधनीहरुको प्रश्नको जवाफ दिँदै खराब कर्जा घटाउन प्रयत्न गरिरहेको जानकारी दिए । उनले राष्ट्र बैंकले स्प्रेड रेट र बेस रेट घटाउन निर्देशन दिएकाले खुद ब्याज आम्दानी घटेको समेत बताए ।

त्यस्तै अध्यक्ष अधिकारीले नगद लाभांश वितरण साधारण सभा सकिएको दुई घण्टापछि शुरु हुने र बोनस शेयर छिट्टै नै नेप्सेमा सुचीकरण गराई सम्बन्धित शेयरधनीलाई वितरण गरिने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप