नेपाल बैंकका शेयरधनीले २३ वर्षपछि पाए लाभांश
काठमाडौं । नेपाल बैंकका शेयरधनीहरुले २३ वर्ष पछि लाभांश पाएका छन् । नेपाल बैंकको शुक्रबार बसेको ६० औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अनुमोदन गरेपछि लगानीकर्ताले २३ वर्ष पछि लाभांश पाएका हुन् ।
बोनस शेयर पारित भएसँगै नेपाल बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २ सय रुपैयाँ पुगेको छ । साधारण सभामा शेयरधनीहरुले बैंकको खराब कर्जा अझै बढी रहेको बताउँदै त्यसलाई घटाउनु ध्यान दिन सुझाव दिएका थिए । बैंकका अध्यक्ष वासुदेव अधिकारीले शेयरधनीहरुको प्रश्नको जवाफ दिँदै खराब कर्जा घटाउन प्रयत्न गरिरहेको जानकारी दिए । उनले राष्ट्र बैंकले स्प्रेड रेट र बेस रेट घटाउन निर्देशन दिएकाले खुद ब्याज आम्दानी घटेको समेत बताए ।
त्यस्तै अध्यक्ष अधिकारीले नगद लाभांश वितरण साधारण सभा सकिएको दुई घण्टापछि शुरु हुने र बोनस शेयर छिट्टै नै नेप्सेमा सुचीकरण गराई सम्बन्धित शेयरधनीलाई वितरण गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण