पृथ्वी जयन्तीमा गोरखाका चार स्थानीय तहमा बिदा
शनिबार, २६ पुस २०७६, ११ : ३५

पृथ्वी जयन्तीको अवसरमा यही पुस २७ गते जिल्लाको गोरखा र पालुङटार नगरपालिका, भीमसेन थापा र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने भएका छन् ।
चारवटै स्थानीय तहले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले नगरपालिका मातहत र गाउँपालिकाले गाउँपालिका मातहतका कार्यालय बन्द रहने जनाएका छन् ।
आधुनिक नेपालका राष्ट्रनिर्माता तत्कालीन राजा पृथ्वीनारायण शाहको योगदानलाई उच्च कदरस्वरुप स्थानीय सरकारको तर्फबाट राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यता साथ मनाउन सार्वजनिक बिदाको घोषणा गरिएकोे स्थानीय तहले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
नेपाल एकीकरण थालनी भएको गौरवपूर्ण इतिहासलाई भुल्न नहुने भन्दै बिदा दिने निर्णय गरेको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी कल्याणकारी परिषद्को चुनावमा सुरक्षा थ्रेट
-
सरकारले व्यवसायीलाई दियो १ खर्ब रुपैयाँ राजस्व छुट
-
माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
-
गाजामा इजरायलले गरेको हवाई हमलामा ६० जनाको मृत्यु
-
भौतिक र शहरी मन्त्रालयले गर्यो बैङ्कमा प्रविष्ट नभएका ५ हजार ७६७ आयोजनामा बजेट विनियोजन
-
भृकुटीमण्डपमा ग्लोबल कन्जुमर एक्स्पो, तस्बिरमा हेर्नुहोस्