टाटा मोटर्सको कार मेला बिर्तामोडमा सुरु
झापा– टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग र आधिकारीक बिक्रेता अलस्का अटोमोबाईल्स्को सहकार्यमा सुन्दर नगरी बिर्तामोडमा यही पौष २७ बाट २८ गते सम्मको लागी कार मेला सुरु भएको छ ।
कार मेला बिर्तामोड स्थित अलस्का अटोमोबाईल्स, टाटा शोरुममा बिहान ११ः०० बेज देखि साँझ ७ः०० बजे सम्म सञ्चालन हुने उक्त मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् ।
मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्नेछन् ।
यस मेलामा ग्राहकहरुले ‘अन दि स्पोर्ट् फाइनान्सीङ’का साथै पुरानो गाडीको उत्कृष्ट मूल्याङ्कन र एक्सचेञ्ज लोयल्टी बोनस जस्ता सेवा तथा सुविधाहरु पाउने आयोजकले जनाएको छ ।
मेलाका प्रमुख आकर्षणहरुः
१. निशुल्क प्रबेश ।
२. अन दि स्पोर्ट् फाइनान्सीङ्ग ।
३. पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्सचेञ्ज लोयल्टी बोनस
४. टेस्ट ड्राइभको व्यवस्था ।
५. फोटो सुट, नेल आर्ट, फेस पेन्टिङ्ग साथै स्वादिष्ट परिकारहरु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण