घोराहीमा मेयर र उपमेयर कप एकैसाथ
दाङ । घोराही उपमहानगरपालिकाको आयोजनामा आजदेखि यहाँ तेस्रो मेयर कप रनिङ फूटबल तथा प्रथम उपमेयर कप छात्रा भलिबल प्रतियोगिता उद्घाटन भएको छ ।
घोराही १८ नवलपुर खेल मैदानमा दुवै प्रतियोगिताको एकै पटक उद्घाटन गरिएको थियो । प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)संसदीय दलका सचेतक शान्ता चौधरीले उद्घाटन गर्दै खेल क्षेत्रलाई अघि बढाउनका लागि सरकारले पछिल्लो समय लगानी र संरक्षणमा विशेष ध्यान दिएको बताए ।
उपमहानगर प्रमुख नरुलाल चौधरीले खेलकूदलाई नगरले विकास गर्ने योजना बनाएको जानकारी दिनुभयो । मेयर कपमा १९ वटै वडाका खेलाडी समूहले प्रतिस्पर्धा गर्ने छन् भने उपमेयर कप छात्रा भलिबल प्रतियोगितामा ११ विद्यालयका छात्रा सहभागी छन् ।
आज वडा नम्बर १३ र १५ बीच भएको फुटबल प्रतियोगितामा वडा नं १५ वडा नं १३ लाई शून्यका विरुद्ध १ गोलले विजयी भएको छ । सोमबारदेखि नवलपुर र भरतपुर मैदानमा दैनिक तीन तीन समूहबीच प्रतिस्पर्धा हुने छ । लिग चरणमा हुने खेल आगामी माघ १३ गतेसम्म चल्ने छ । भलिबल भने आगामी माघ ४ गतेदेखि शुरु हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै पोर्टलबाट सदस्यता खोल्न एनआरएनएले गर्यो राष्ट्रिय समन्वय परिषद्हरूलाई अनुरोध
-
युवा संघकाे अध्यक्षका लागि क्षितिज थेबेद्बारा मनोनयन दर्ता
-
न्यूजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै
-
दुर्गा प्रसाईंको बयान : तीनकुनेमा आगजनी गर्न निर्देशन दिएको थिइनँ
-
भूमि विधेयकमा सत्तारुढ र सत्ता समर्थित दलकै संशोधन
-
सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेताहरूबिच छलफल